४३ जनाले सिके अभिनयमा बतृत्वकला

काठमाडौं । अग्रज कलाकार एवम् नाट्यकर्मी अनुप बरालले चलचित्र तथा नाटकमा अभिनय गर्दा सम्बन्धित चरित्रको आबाजलाई आफ्नो आवाजमा कसरी ढाल्ने भन्ने ‘भ्वाइस एण्ड स्पीच’ कला विभिन्न कलाकारलाई सिकाएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा कामठाडौंको थापागाउँ स्थित आरोहण गुरुकुलमा उनीले भ्वाइस एण्ड स्पीच कार्यशाला अन्तर्गत यस्तो कला सिकाएका हुन् । अभिनयमा यो बतृत्वकला विधार्थीहरुलाई उपयोगी हुने आयोजक पक्षको कथन छ ।

कार्यशालामा उनले ४३ जना प्रशिक्षार्थीहरूलाई आवाज तथा भाषण कला (भ्वाइस एण्ड स्पीच) का ’boutमा प्रशिक्षण दिएका छन् । सहभागी प्रशिक्षार्थीहरूले कार्यशालाबाट कलामा तटस्थताको महत्त्व, आफू तथा वातावरणको स्वीकार्यता, भाषण र प्रस्तुति कला, आवाजको अभ्यासलगायत थुप्रै ज्ञानहरू हासिल गरेको बताएका छन् ।

चार दिनसम्म चलेको यो कार्यक्रममा प्रशिक्षार्थीहरुले आफुलाई चरित्र अनुसारको आवाजमा कसरी रुपान्तरण गर्ने भन्ने कला सिकेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाट्य विभागले यो कार्यशाला आयोजना गरेको हो ।

कार्यशालामा नाट्यकर्मी निर्देशक अनुप बरालले कलाकारमा सधैँ तटस्थ हुने र सम्बन्धित चरित्रमा आफूलाई रुपान्तरण गर्न सक्नुपर्ने बताएका छन् । प्रशिक्षणका क्रममा उनले विधार्थीलाई भने,‘तपाईंहरू सर्वप्रथम आफूलाई स्विकार्नुस् । अग्लो, होचो, कालो, गोरो, दुब्लो, मोटो जस्तो हुनुहुन्छ, त्यो सबै तपाईं हो, यो कुरालाई स्विकार्नुस् । र, अन्य बाह्य वातावरणप्रति तटस्थ रहनुहोस् ।’

कलाकारहरुलाई चरित्रमा आझ परिपक्क बनाउन आफुहरुले यो कार्यक्रमा आयोजना गरेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा बताएकी छिन् । हिजो यो कार्यशालाको अनौपचारिक रूपमा समापन गर्दै उनले प्रशिक्षार्थीहरूलाई प्रशिक्षणका क्रममा सिकेका कुरालाई साधनाका रुपमा लैजान सुझाब दिएकी छिन् । उनले प्रशिक्षार्थीलाई समापन समारोहमा प्रमाणपत्र प्रदान गर्दै भनिन्, ‘अभिनय भनेको धेरै ठुलो कुरो होइन, तर तपाईंले महसुस र मनन गरेर पात्रको ठाउँमा आफूलाई राखेर आफूलाई विश्वास दिलाउन सक्नुपर्छ ।’

नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले कलाका विभिन्न विधामा रूचि राख्नेहरूका लागि विभिन्न तालिम दिने उदेश्यले वार्षिक क्यालेन्डर बनाएरै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेको पनि उनले बताएकी छिन् ।

आफूले पदमा नरहँदा पनि आरोहण गुरूकुलमार्फत लामो समय विभिन्न प्रशिक्षणका कार्यक्रमहरू गरिरहेकै अनुभवका आधारमा प्रतिष्ठानले अझ सुव्यवस्थित प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्न सक्ने भएकाले यस्ता कार्यक्रमहरूलाई जोड दिइरहेको पनि उनले बताईन् । यो प्रशिक्षणमा अनुप बरालसँगै सहायक प्रशिक्षकका रूपमा देव न्यौपानेले विधार्थीलाई प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?