उजुरी आएपछि अख्तियारले संघसँग माग्यो कागजात

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला फुटवल संघ सप्तरीसँग मधेश प्रदेश सरकारबाट प्राप्त रकमको खर्च विवरण माँग गरेको छ ।

मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधिका लागि प्राप्त रकमको दुरुपयोग भएको भन्दै उजुरी आएपछि आयोगको इटहरी स्थित कार्यालयले शुक्रवार जिल्ला फुटवल संघ सप्तरीलाई राय सहितको कागजात र विवरण उपलब्ध गराउन पत्र काटेको हो ।

पत्रमा मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधि संचालन गर्न प्राप्त भएको ७० हजार रुपैयाँ के कुन कामका लागि कसरी खर्च गरियो वा खर्च नभएको भए रकम के कहाँ राखिएको छ ? सोलाई पुष्ट्याई गर्ने कागजातहरुको प्रमाणित प्रतिलिपि तथा संघको नेपाल बैंक लिमिटेड शाखा राजविराजमा रहेको खाताको २०७९ बैशाख १ देखि २०७९ कार्तिक २९ सम्मको बैंक स्टेटमेन्ट समेतको प्रमाणित प्रतिलिपि यथाशीघ्र कार्यालयको अनुसन्धान शाखामा पठाउनु भनी उल्लेख गरिएको छ । पत्रमा उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ । उजुरी कर्ताको पत्र दर्ता भई सत्य तथ्य बुझ्न अनुसन्धान थालिएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते