विश्वकै सानो आकारको थ्री जी स्मार्टफोन आउने


बेलायतको स्मार्टफोन निर्माता कम्पनी जिनी मोबाइल्सले विश्वकै सबैभन्दा सानो आकारको थ्री जी स्मार्टफोन ल्याउने भएको छ ।

कम्पनीले यस स्मार्टफोनको प्रचार अभियानका लागि वेबपेज नै सुरु गरेको छ र त्यसमा फोनको मूल्य र डिजाइन लगायतका विवरण सार्वजनिक गरिएका छन् ।

कम्पनीका अनुसार यो मोबाइलको नाम जान्को टिनी टू हुनेछ र यसमा एक स्मार्टफोनमा हुने सम्पूर्ण फिचरहरु उपलब्ध हुनेछन् ।

आगामी अप्रिल देखि यो मोबाइलको बिक्रि सुरु गर्ने कम्पनीले जनाएको छ । यो फोनमा क्यामरा, भिडियो रेकर्डिङ, एमपिथ्री तथा एमपी फोर प्लेब्याक, गेम, क्यालेन्डर तथा रेडियो लगायतका फिचर उपलब्ध छन् ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९