काठमाडौं । आज समाजवादी मोर्चाको घोषणा हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो । आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल, नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरुले अनुरोधसमेत गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)






