प्रियंका भन्छिन् ‘घरमै बसेर तातोपानी पिउनुस्’

मुम्बई । कोरोना भाईरस सँक्रमणको आसंकामा बलिउड अभिनेत्री प्रियँका चोपडाले आफ्नो पतिसँग १४ दिनको आईसोलेसन घरमै पुरा गरेको बताएकी छिन् ।

बिदेश यात्राबाट आएपछि उनी १५ दिन अघि आफ्ना श्रीमान निक जोनसोनसँग घरमै क्वारेन्टाईनमा थिईन् । यात्राको क्रममा आफुलाई कोरोना भाईरस (कोभिड १९) सरेको हुनसक्ने भन्दै उनी आफ्ना पतिका साथ सेल्फ क्वारेन्टाईनमा बसेकी थिईन् ।
यो अबधिमा आफुले सेल्फ क्यारेन्टाईनबाट युनिसेफसँग जोडिएर कोरोना बिरुद्धको सेचतना फैलाएको पनि यी बताएकी छिन् ।

आफ्नो इन्स्टाग्राम, फेसबुक मार्फत लाईभ आएर यी अभिनेत्रीले कोरोना भाईरस बिरुद्ध जोगिने उपायहरुबाट सन्देश सम्प्रेषण गरिरहेकी थिईन् । युनिसेफको सहकार्यमा आफुले सामाजिक सञ्जाल मार्फत कोरोना बिरुद्धको सचेतना फैलाउने कार्य गरिरहेको यी अभिनेत्रीले बताएकी छिन् ।

यतीबेला भारत, नेपाल लगायत धेर देश लड डाउनको अबस्थामा छ । सबैजना घरमा बसेर आफुलाई सुरक्षित राख्न प्रयासरत छन् । यसै क्रममा अभिनेत्री प्रियँकाले एक भिडियो बनाएर घरमा रहँदा कसरी व्यायाम गर्ने भन्ने’bout जानकारी गराएकी छिन् ।

आफु र आफ्ना पति निकका साथ उनले घरमै विभिन्न व्यायाम गरेर त्यसको भिडियो रिलिज गरेकी हुन् । उनी व्यायामको क्रममा इन्ंस्टामा लाईभ समेत आएकी थिईन् । घर भित्र रहँदा स्वास्थ्य रहनु अर्को महत्वपूर्ण कुरा भएको यी अभिनेत्रीको भनाई छ । उनले सबैलाई घर भित्रै सुरक्षित रहन र नियमित व्यायाम गर्न तातो पानी नियमित पिउन सल्लाह दिएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु