काभ्रेपलाञ्चोक । वी.पी राजमार्ग अन्तर्गत धुलिखेल सडकखण्डको सुन्दरबस्तीमा स्थानीयहरुले राजमार्ग नै अवरोध गरेका छन् । धुलाम्य सडक भएकाले सुधार गर्न स्थानीयहरुले बिभिन्न निकायसँग समस्या सुनाउँदा पनि कुनै निकायले चासो नलिएपछि स्थानीयहरुले वीपी राजमार्गमा अवरोध गरेका हुन् ।
हुँदाखादा भएको पिच सडक भत्काएर धुलोले अचाक्ली गरेपछि बाँध्य भएर सडक अवरोध गरेको स्थानीयहरुको गुनासो छ । वीपी राजमार्ग अन्तर्गत धुलिखेल बतासेडाडा खण्डमा बाटो निर्माणकार्यमा ठेकेदारको चरम गैर जिम्मेवारी पनमा स्थानीय तह धुलिखेल नगरपालिकाले वेवास्ता गरेको आरोप स्थानीयहरुको छ ।
सडक निर्माणको क्रममा अत्याधिक धुलो उडेको भन्दै स्थानीयले गुनासो गरेपनि स्थानीय सरकार धुलिखेल नगरपालिका र सडक निर्माण ठेकेदारले चासो दिएका थिएनन् । राम्रो पिच भत्काएर समयमा बाटो निर्माण नभएको र धुलो कम गराउनको लागि पानी हाल्ने व्यवस्था नभएको भन्दै स्थानीयहरु सडकमा जम्मा भएर यातायात अवरुद्ध गरिरहेका छन् ।
वीपी राजमार्गमा सिमेन्टको पोल ढुङ्गा राखेर राजमार्ग अवरोध गरेका थिए सरोकार निकायहरु र निर्माण ठेकेदारको ध्यानाकर्षण गर्न राजमार्ग अवरोध गरिएको स्थानीयको भनाई छ ।