कोशी प्रदेशः बाढीपहिरोबाट २४ को मृत्यु, १४ घाइते,

इलाम । बाढीपहिरोमा परी कोशी प्रदेशमा २४ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

एक वर्षको अवधिमा प्रदेशका ४ सय १८ स्थानमा भएको बाढी पहिरोमा परी ३ हजार ९१ घर प्रभावित हुँदा अर्बौंकोे क्षति भएको छ । पहिरोले १ हजार १ सय २४ चौपाया मरेका छन् भने ३६ वटा घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । पहिरोमा परी ५ अर्ब ३८ करोड ४७ लाख ८६ हजार ३ सय रुपैयाँबराबरको क्षति भएको अनुमान प्रहरीको तथ्यांकमा उल्लेख छ ।

पाँच अर्ब ३८ करोड ४७ लाख बढी क्षति

गत आर्थिक वर्षमा बाढी पहिरोले ३ सय ६० स्थान क्षति पु¥याउँदा २३ जनाको मृत्यु र १२ जना घाइते भएका छन्् । त्यस्तै, १ हजार १५ चौपाया मरेका छन् भने २७ घाइते भएका छन्् । गत आर्थिक वर्षमा मात्रै ५ अर्ब ३४ करोड ७१ लाख २५ हजार ४ सय रुपैयाँबराबरको क्षति भएको पाइएको हो ।

त्यस्तै, चालू आर्थिक वर्षको २७ साउनसम्ममा बाढी पहिरोबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्् । बाढी पहिरोले १ सय ९ चौपाया मरेका छन् भने नौवटा घाइते भएको तथ्यांक छ । चालू आर्थिक वर्षमा कोशी प्रदेशका ५८ स्थानमा बाढी पहिरोका कारण ३ करोड ७६ लाख ६० हजार ९ सय रुपैयाँबराबरको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

त्यस्तै, २८ साउनमा वर्षासँगै आएको बाढी पहिरोको कारण प्रदेशका सडक अवरुद्ध बनेका छन्् । इलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको बाटो खुले पनि जिल्लाका विभिन्न स्थानमा सडकको क्षति हुँदा यातायातमा समस्या भएको छ ।

ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ को दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने बाटो बाढीले बगाउँदा सवारी आवागमन बन्द भएको प्रदेश प्रहरीले जनाएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्री सडकखण्डमा सडकमा पहिरो झरी बाटो अवरोध भएको छ ।

त्यस्तै, तेह्रथुमको छथर गाउँपालिका–र सिधुवा शुक्र’bout सडकखण्डको देव थानमा सडक माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको छ भने ताप्लेजुङको फुङलिङ नगरपालिका–८ खोक्से खोलास्थित मेची राजमार्गमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरोध भएको थियो ।

यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवावारी–शनिश्चरे सडकखण्डमा पर्ने बिरिङ खोलाको पुलमा बाढीले क्षति पु¥याउँदा पुल जीर्ण अवस्थामा रहेकाले सो स्थानमा समेत प्रहरी टोली खटी गई स्थानीय निकायको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । अवरोध भएका स्थानमा प्रहरी टोली खटाई स्थानीय तहसँगको समन्वयमा सडक खुलाउने पहल भइरहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि