राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । कर्मचारीको बढुवाको सार्थक परिणाम प्राप्त नभएको भन्दै २६ साउनदेखि १ भदैंसम्म प्रथम चरणको संघर्षका कार्यक्रम गरेको संघले ३ भदौंदेखि दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । विगत २७ बर्षदेखि बढुवा नभएका कर्मचारीको बढुवा प्रक्रिया अघि बढाइएको भए पनि त्यसलाई निस्कर्षमा पु¥याउन आनाकानी गरेपछि संघले आन्दोलन गरेको हो ।
संघले ३ भदौंदेखि ५ भदौसम्म १० बजेदेखि दिउँसो १ बजेसम्म ३ घण्टा पेन डाउन गर्ने भएको छ । त्यसैगरि ६ र ८ भदौंमा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म ४ घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘कर्मचारी आन्दोलित हुँदा समेत सम्बन्धित पक्षबाट सकारात्मक सन्देश प्राप्त नभएपछि श्रम ऐन, नियम बमोजिमको परिधीभित्र रहेर संघर्षलाई निरन्तरता दिने निर्णय भएको छ ।’ संघकी अध्यक्ष भण्डारीले भनिन् ।
सम्बन्धित पक्षबाट राखेका मागका सम्बन्धमा कुनै सकारात्मक जवाफ प्राप्त नभएकाले बाध्य भएर दोस्रो चरणका संघर्षका कार्यक्रमहरु घोषणा गर्नु परेको संघका महासचिव कुमार बस्नेतले बताए ।






