शम्भुजीत बाँस्कोटा पुरस्कृत

काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आलोक–सुरज स्मृति पुरस्कार २०८० बाट अग्रज संगीतकार शम्भुजीत बासकोटालाई पुरस्कृत गरेको छ । समाजको दोश्रो वार्षिक उत्सबको अबसरमा आईतबार काठमाडौंमा एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले ११ हजार १११ रुपैयाँ सहितको सो पुरस्कार बासकोटालाई प्रदान गरेका हुन् ।

नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘आलोक–सुरज स्मृति पुरस्कार’ बासकोटालाई प्रदान गरिएको समाजका कार्यबाहक अध्यक्ष देवेन्द्र पाण्डेले कार्यक्रममा बताए ।

गीत संगीत र म्युजिक भिडियो क्षेत्रमा योगदान दिएको भन्दै समारोहमा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महत, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसी र वरिष्ठ म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठ, गायक आनन्द कार्की, गायक यस कुमार, गायिकाहरु जुनु रिजाल, प्रश्ना शाक्य, गीतकार प्रकाश सुवेदीलगायतलाई पनि कार्यक्रममा सम्मानित गरियो ।

वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधि सभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरियो । यस्तै गीत संगीत र म्युजिक भिडियोमा योगदान दिएको भन्दै अभिनेताहरु तेज गिरी, सागर लम्साल बले, दुर्गेस थापा, संगीतकार ओम सुनारलाई कार्यक्रममा समाजको मानार्थ सदस्यता प्रदान गरियो ।

नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको संयोजनमा सम्पन्न सो कार्यक्रममा आनन्द कार्की, यस कुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै गायक÷ अभिनेता दुर्गेश थापा, मोडल÷ नृत्याङ्गना करिश्मा ढकाल, बाल कलाकार जेविन-जेविश श्रेष्ठको प्रस्तुति पनि निकै आकर्षक बन्यो ।

मन्त्री किरातीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संगीतमा शम्भुजीत बासकोटाको योगदानको चर्चा जति गरेपनि कम हुने बताए । यस्ता मुर्धन्य संगीतकारलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको भनाई उनले राखे । म्युजिक भिडियोको माध्यमबाट गीत संगीतको विकाशमा सहयोग पु¥याउने कलाकार तथा प्राविधिकको सम्मान प्रसँसनीय कार्य भएको उनको कथन थियो ।

समाजका महासचिब सुब्रत आचार्यले नेपाली म्युजिक भिडियोमा योगदान दिएको श्रष्टाहरुको नामबाट पुरस्कार स्थापना गरेर नेपाली पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजीत बासकोटालाई पुरस्कृत गर्दै यो पुरस्कारको परम्परा सुरु गरेको बताए । उनले अन्य सम्मानित श्रष्टाको योगदानको पनि चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर