‘अर्को सलमान जन्मदैन्’

मुम्बई । बलिउडका भाइजान अर्थात् सलमान खानले अगस्ट २६ मा फिल्म उद्योगमा ३५ वर्ष पूरा गरेका छन् । 

अभिनेताले सन् १९८८ मा बीवी हो तो ऐसीबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले मैने प्यार किया, बागी, ​​सनम बेवफा, पत्थर के फूल, साजन जस्ता धेरै हिन्दी फिल्महरूमा काम गरे र बलिउडलाई एकपछि अर्को धेरै हिट फिल्म दिए ।

अभिनेता सलमान खानले अभिनय संसारमा ३५ वर्षको यात्रा पूरा गरेकोमा आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन् । सलमान खानले आफ्ना फिल्मका केही दृश्यहरूको कोलाज भिडियो सेयर गरेका छन्, जसमा उनका फिल्मका केही चर्चित संवाद र गीतका स्टेपहरू छन्। भिडियो सेयर गर्दै सलमानले लेखेका छन, ‘३५ वर्ष ३५ दिन जस्तै भयो, मायाको लागि धन्यवाद ।’

सलमान खानको यो भिडियोलाई फ्यानहरुले धेरै माया गरिरहेका छन् । एकजनाले कमेन्ट गरे, ‘यहाँ कहिल्यै अर्को सलमान खान हुन सक्दैन ।’

अर्का फ्यानले लेखेका छन, ‘म बुढो भए पनि सलमान खान सधैं मेरो मनपर्ने हुनेछन् ।’ यसबाहेक एक प्रयोगकर्ताले लेखेका छन, ‘बलिउड उद्योगमा ३५ वर्ष पूरा गरेकोमा बधाई र हामीलाई मनोरञ्जन दिनुभएकोमा धेरै धेरै धन्यवाद।’

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साँफेबगरकाे बाब्लामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित