उदयपुरमा डेंगु संक्रमणबाट सुत्केरीको ज्यान गयो

उदयपुर । उदयपुरमा डेंगु संक्रमणबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । ज्यान जानेमा रौतामाई गाउँपालिका–७ सिखर गाउँकी २४ बर्षीय सुमित्रा मगर रहेको गाउँपालिका अध्यक्ष बिरेन्द्रकुमार मगरले जानकारी दिए । सोमबार डेंगी संक्रमणबाट २५ दिने सुत्केरी सुमित्राको उपचारको क्रममा बिराटनगरमा ज्यान गएको हो ।

पछिल्लो समय प्रकोपको रुप लिँदै गएको डेंगुबाट सुत्केरी मगरलाई ज्वरोले थलिएर सिकिस्त भएपछि उपचारार्थ बिराटनगर लगिएको थियो । उनमा डेंगुको लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएपछि बिराटनगर लगिएकोमा उपचारकै क्रममा सोमबार राति मगरको ज्यान गएको रौतामाई गाउँपालिकाका अध्यक्ष बीरेन्द्रकुमार मगर बताउँछन ।

सुत्केरी हुने बित्तिकै बिरामी परेकी उनलाई उच्च ज्वरो आएपछि बिराटनगर लगिएको थियो । डेंगु पोजेटिभ देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार गराई रहेकै बेला ज्यान गएको हो । रौतामाईमा डेंगुको लक्षण देखिने अन्य बिरामीहरू पनि थुप्रै रहेको स्थानीयले बताएका छन् । तर, डेंगु परीक्षण कार्य भने गाउँपालिकामा गराउने व्यवस्था अहिले सम्म गरिएको छैन ।

उदयपुरको कटारीका एक पुरुषको डेंगुका कारण ज्यान गएको थियो । उच्च ज्वरो आएपछि उपचारार्थ बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका उनको उपचारकै क्रममा ज्यान गएको थियो । स्वास्थ्य कार्यालय उदयपुरले भने डेंगुका कारण उदयपुरमा अहिलेसम्म कसैको ज्यान गएको तथ्याङ नआएको दाबी गरेको छ । जिल्ला बाहिर अस्पतालमा कसैको ज्यान गएको भए त्यस’bout जानकारी नभएको तर, जिल्लाभित्र डेंगुकै कारण अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय उदयपुरका डेंगु नियन्त्रण कार्यक्रम फोकलपर्सन उमेश लुइँटेलले बताए ।

लुइँटेलका अनुसार साउन १ गतेदेखि अहिले सम्म १ हजार ६७ जनाको डेंगु परीक्षण गरिएको छ । जसमा सोमबार सम्ममा ५ सय ४४ जनामा डेंगु पोजेटिभ देखिएको लुइँटेलले बताए । डेंगीबाट सबै भन्दा बढी त्रियुगा नगरपालिकामा २ सय ६० जनामा डेंगु सङ्क्रमण देखिएको छ भने बेलकामा १ सय ३२, चौदण्डीगढी नगरपालिकामा ९१ र कटारी नगरपालिकामा ३९ तथा उदयपुरगढी गाउँपालिकामा १ जनामा पोजेटिभ देखिएको छ । अहिले सम्म त्रियुगामा १ हजार १ सय ७५ जनाको परीक्षण गरिएको छ भने बेलाकामा ३ सय ७५, चौदण्डीगढीमा २ सय ५२, कटारीमा ९७ र उदयपुरगढीमा १३ जनाको परीक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो