Thursday, August 5, 2021
Homeबिचारकोरोना, लकडाउन र अर्थतन्त्र

कोरोना, लकडाउन र अर्थतन्त्र

,
sharethis

सरकारले सीमानाकाबाट आवागमन रोक्न र घरबाहिर ननिस्कनका लागि लकडाउनको अवधि २५ चैतसम्म पु¥याएको छ । योसँगै कोरोना भाइरस संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लागि २५ लाख रुपैयाँको बिमाको व्यवस्था गरेको छ । यो एकदमै सकारात्मक पक्ष हो । यसलाई अझ बढाउनुपर्ने आवश्यकता थियो । आमनागरिकको जीवनरक्षाका लागि यो अत्यावश्यक विषय हो । योभन्दा अघि ११ देखि १८ चैतसम्म पहिलोपटक लकडाउन गरिएको थियो । त्यतिखेर आमनागरिकको जीवनरक्षाका लागि लकडाउनबाहेक अर्को विकल्प थिएन । अहिले पनि छैन । कोरोनाको संक्रमण फैलन नदिन लकडाउन गर्नैपर्छ । जसरी सरकारले अन्तर्राष्ट्रिय उडानमा ३ वैशाखसम्म प्रतिबन्ध लगाएको छ, त्यसैगरी उक्त अवधिसम्म लगडाउन गर्दा अझ बढी उपयुक्त हुने देखिन्छ ।

अहिले विश्वका करिब २ सयभन्दा बढी राष्ट्र कोरोना भाइरसबाट संक्रमित रहेका छन् । यो लेख तयार पार्दासम्म कोरोना भाइरसको उद्गमस्थल चीनमा ८१ हजार संक्रमित र ३ हजार ३ सयको मृत्युपछि नियन्त्रणमा आइसकेको त्यहाँको सरकारले बताएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा ३७ हजार ८ सय, संक्रमित ७ लाख ८५ हजार, निको भएर घर फर्केकाको संख्या १ लाख ६५ हजार रहेको छ । अमेरिकामा सबैभन्दा बढी संक्रमितको अवस्थामा छ भने त्यसपछि इटाली र स्पेन रहेका छन् । ती मुलुकमा कोरोना संक्रमणको अवस्था बढ्दो छ ।

दक्षिण एसियामा भने अन्य देशको अवस्था हेरेर समयमै लकडाउनका गरेकाले कोरोना फैलिनेक्रम केही कम छ । सावधानीका उपाय अपनाउँदै जाने हो भने यसबाट सुरक्षित रहन सकिन्छ भन्ने कुरालाई यसले पनि पुष्टि गर्दछ । भारतमा १ अर्ब ३१ करोड जनसंख्या रहेको छ । कोरोना भाइरस देखिएपछि भारतले ३ साताको लकडाउन गरेको छ । भारतसँग खुला सिमाना रहेको नेपालमा करिब ३ करोड जनसंख्या रहेको छ । नेपालको अवस्था छिमेकी मुलुक भारत र चीनभन्दा धेरै नै नाजुक रहेको सबैलाई थाहा भएकै विषय हो । हाम्रो अर्थतन्त्र भर्खरै मात्रै बामे सरिरहेको अवस्थामा छ । रोजीरोटीका लागि खाडी मुलुकमा जानुपर्ने बाध्यतामा रहेको हामीकहाँ यो रोगको प्रकोप फैलियो भने आफ्नै परिवारको मृत्युमा आँसु बगाउनुबाहेक अरू केही गर्न सक्ने अवस्था रहनेछैन । सोही कारण भारतले गरेको अवधिभन्दा बढी समय लकडाउन गर्नुपर्ने देखिएको हो । यदि लकडाउन नगर्ने हो भने नेपालको अवस्था के हुन्छ भनेर आँकलनसमेत गर्न सकिँदैन ।

कोरोना संक्रमणसँगै खाडी मुलुक, अमेरिका, युरोप र भारतबाट आउने रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ

आमनागरिकले लकडाउनतर्फ सचेत रहनुपर्ने खाँचो अधिक देखिएको छ । छोटो समयको लकडाउनमा समेत देशको राजधानीको रूपमा रहेको काठमाडौंका केही व्यक्ति लकडाउन भनेको कस्तो रहेछ भनेर सडकमा हेर्न निस्कने गरेका छन् । काम नभएको भन्दै टहलिनका लागि सडकमा निस्कने समुदायसमेत हामीकहाँ रहेको देखिएको छ । उनीहरूले लकडाउन के हो भनेर बुझ्नैपर्छ । सरकारले आमनागरिकलाई घरैमा बस्न आग्रह गर्दै आएको छ । कोरोना नियन्त्रण गर्न उपयुक्त माध्यम भनेकै ‘सेल्फ क्वारेन्टायन’ हो भन्ने कुरालाई सबैले पालना गर्नुपर्छ । कोरोना भाइरसको सम्बन्धमा यति धेरै प्रचार गर्दासम्म पनि त्यसको बेवास्ता कसैले गर्छ भने त्यसलाई किन कारबाही नगर्ने ?

प्राणरक्षाका लागि यस्तो जटिल अवस्थामा व्यवसायीहरूले पनि आफ्नो धर्मलाई बिर्सन हुँदैन । आफूसँग भएको उपभोग्य सामानको आपूर्तिमा कन्जुस्याइँ नगरी राज्यलाई सहयोग गर्नुपर्ने खाँचोबाट उनीहरू पन्छिन मिल्दैन । नाम चलेका व्यावसायिक घरानाले यतिखेर सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै राहतका प्याकेज ल्याई आमनागरिकमा देखिएको त्रास र भयलाई कम गराउन सक्नुपर्छ ।

बिहानबेलुकी काम गरेर जीविकोपार्जन गरिरहेका समुदायलाई राहतको घोषणा दिने सरकारले आफ्नो प्रतिबद्धता व्यक्त गरिसकेको छ । राज्य संयन्त्रले प्रतिबद्धतासँगै त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । यदि आफंैले व्यक्त गरेका प्रतिबद्धता पालना नगर्ने हो भने ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका आमनागरिक भोकले मर्न सक्नेसम्मको अवस्था आउन सक्छ । त्यसैले, यसमा राज्य पक्ष संवेदनशील हुनैपर्छ । यस्तो अवस्थामा आमनागरिकले पनि राज्य संयन्त्रको मात्रै मुख नहेरी आफूसँग जे छ त्यसैमा रमाउन सिक्नु नै मानवीय गुण हो । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्छ । यो हाम्रै कारणले गर्दा भएको हो । बढी सञ्चय गर्ने बानीलाई परित्याग गर्न सकेमा स्वतः यस्तो अभाव हट्नेछ । अहिले हामीकहाँ ग्याँस पसल, खाद्यान्न पसल, तरकारी बजारमा आमनागरिक बिनासावधानी भिडभाड गरिरहेका छन् । उनीहरूले बुझनुपर्छ, एक छाक नखाए केही हुँदैन । तर, कथंकदाचित एक जनालाई मात्रै कोरोना संक्रमण देखियो र त्यस्ता व्यक्ति खुलेआम हिँड्न थालेमा त्यसले समाज र देशलाई नै बिनाशतिर धकेल्नेछ । यसका लागि अरूले भन्दा पनि आफू नै सजग र सचेत रहनुपर्छ । यसतर्फ हामी सबैले सजगता अपनाउनैपर्छ । नत्र यसको प्रकोपले हामी सबैलाई क्षणभरमै बर्बादीतिर धकेल्नेछ ।

कोरोना संक्रमण सगै रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेको खाडी मुलुक, अमेरिका, युरोप र भारतबाट आउने रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आबको माघमा रेमिट्यान्स घटेको देखिएको छ । जब कि त्यतिखेर चीनबाहेक अन्यत्र कारोनाको प्रभाव खासै थिएन भन्दा पनि हुन्छ । अघिल्लो वर्षको सोही अवधिमा साढे २८ प्रतिशत बढेको रेमिट्यान्स घटेर ०.५ प्रतिशतमा सीमित रहेको छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा १ सय ७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा जाने गरेको अवस्थमा पनि अहिले बन्द छ । यसको असर लामो समयसम्म रेमिटयान्समा देखिनेछ । यसको प्रभाव बैंक र वित्तीय क्षेत्रदेखि उद्योग व्यवसायमा समेत पर्नेछ । कोरोना भाइरसका कारण चौतर्फी चपेटामा परेका सबै मुलुकको आर्थिक क्षेत्र यसबाट अछुतो रहन सकेको छैन । अझ विदेशमा रोजगारीका लागि जानेहरूले पठाउने रेमिट्यान्ससमेत कोरोना भाइरसको विश्वव्यापी महामारीको सिकार बनेको छ ।

नेपालबाट मासिक करिब ५० हजार युवा रोजगारीका लागि बाहिरिने गरेकोमा श्रम स्वीकृति बन्द गरेपछि चैत महिनादेखि कामदार विदेश जान पाएका छैनन् । नयाँ कामदार विदेश जान नपाएका र विदेशमा भएकाको समेत कोरोनाको कारण काममा प्रभाव परेका कारण रकम पठाउन सकिरहेको अवस्था छैन । नेपाल जीवनस्तर सर्भेक्षण २०६७÷६८ अनुसार करिब ५६ प्रतिशत नेपाली घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । त्यस रकममध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोग, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षा र ४.५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च भई ०.६ प्रतिशत मात्र बचत हुने गरेको थियो । रेमिट्यान्स प्रभावित भएपछि ५६ प्रतिशत परिवार प्रभावित हुनेछन् । कामका लागि बिदेसिएकाहरू स्वदेशमै फर्कनुपर्ने अवस्था आयो भने यसले अर्थतन्त्रलाई र देशलाई नै धेरै पछाडि धकेल्ने निश्चित छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएमा मुलकको अर्थतन्त्र धेरै बर्ष पछाडिको अवस्थामा धकेलिन सक्ने निश्चित भए पनि अहिलेको महत्वपूर्ण पक्ष भनेकै जीवनरक्षा गर्नु रहेकाले सरकार, नागरिक समाज र आमनागरिक त्यसतर्फ संवेदनशील बन्नुपर्ने देखिएको छ

योभन्दा पनि अहिलेको महत्वपूर्ण पक्ष भनेको जीवन र मृत्युबीचको सम्बन्ध हो । त्यसैले, सरकार, नागरिक समाज र आमनागरिकले त्यसतर्फ सोच्नुपर्दछ । कोरोना फैलन नदिने सबैभन्दा उत्तम उपाय भनेको क्वारेन्टायनमा बस्नुलाई लिन सकिने स्वास्थकर्मीहरूले बताउँदै आएका छन् । कसैसँग भेट गर्नुपर्दा कम्तीमा ६ फुट टाडै बस्नु उपयुक्त हुने सल्लाह पनि दिँदै आएका छन् । सबै बिरामीको उपचार गर्दा खटिने त स्वास्थ्यकर्मी नै हुन् । उनीहरूले माग गरेअनुसारको सामान भने उपलब्ध हुनुपर्छ । कोरोना अरू रोगभन्दा भिन्न भएकाले सामान्य अवस्थामा लगाउने मास्क र गाउनले काम नगर्ने स्वास्थ्यकर्मीले बताउँदै आएको विषय हो । त्यसैले, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निर्धारण गरेअनुसारको सामान उपलब्ध गराउन सकेमा उनीहरूको मनोबल बढ्ने थियो ।

अहिलेसम्म स्वास्थकर्मी रेस्पिरेटरी (एन९५) र सर्जिकल मास्कको भरमा सेवा दिन बाध्य छन् । त्यस्ता स्वाथ्यकर्मीको मनोबल उच्च राख्न सक्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अत्यावश्यक सामानको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थकर्मीले प्रयोग गर्ने पीपीई (व्यक्तिगत सुरक्षा उपकारण) मास्क, पन्जा, स्यानिटाइजरजस्ता सामानको आपूर्तिमा कुनै पनि कन्जुस्याइँ गनुहँुदैन । यस्तो कार्यमा सरकारलाई निजी क्षेत्रले पनि सहयोग गर्नु उसको कतव्र्य हुन आउँछ ।

कोरोना नियन्त्रणका लागि देशको अवस्था हेरेर सरकारले जति पनि समय लकडाउन बढाउनुपर्छ । अहिले उपचारमा अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्कर्मी एवं आधारभूत काममा खटिने सुरक्षाकर्मीहरू चौबीसै घण्टा काममा तल्लीन छन् । मुलुकलाई अहिलेको भयावह अवस्थाबाट उन्मुक्ति दिने हो भने ‘आफू बाँचौं र अरूलाई पनि बचाआंै’ भने भनाइलाई आत्मसात् गर्दै देशको अवस्था र छिमेकी मुलुकको परिस्थितिलाई आँकलन गरेर लकडाउनलाई सबैले कडाइका साथ पालना गर्दै अहिले थपिएको अवधि बडाउनुपर्ने खाँचो देखिएको छ ।

(Visited 305 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

साताका लोकप्रिय समाचार

नेपाली मन उद्योग र घले कृषि फर्मद्धारा बाढी पिडीतलाई राहत

काठमाडौँ । नेपाली मन उद्योग परिवार र घले कृषि फर्मद्धारा चितवनका बाढी पिडित तथा गरिब चेपाङ्ग परिवारलाई राहत वितरण गरेको छ । नेपाली मन...

‘पारसको सन्न्यास’ एक युगको अन्त्य

काठमाडौं । नेपाली क्रिकेट समर्थकले अब पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सधैं मिस’ गर्नेछन् । कारण नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस...

एन्फाको आकस्मिक बैठक आज

काठमाडौैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक बैठक आज (शुक्रबार) बस्दै छ । पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै एन्फाको आकस्मिक बैठक बस्न लागेको...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

ट्रेन्डिङ

प्रदेश १ मा थपिए ८९ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा शुक्रबार डिस्चार्ज हुने भन्दा २० जना बढी कोरोना संक्रमित थपिएका छन् । ६९ जना डिस्चार्ज हुँदा ८९ जना कोरोना...

पूर्वमन्त्री बाँस्कोटालाई काेराेना सङ्क्रमण

काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज पत्नी तारा मानन्धरसँगै आफूलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)