Saturday, June 6, 2020
Home बिचार कोरोना संकट सामनातर्फको यात्रा

कोरोना संकट सामनातर्फको यात्रा

मानव इतिहास र सभ्यताको विकासमा सदैव प्रकृति र मानवको अनवरत युद्ध जारी छ । आज फेरि उही प्रकृतिको अर्को विनाशकारी स्वरूप भाइरसविरुद्ध महायुद्धमा हामी सबै जाकिएका छौं । यो लडाइँ सामान्य लडाइँ होइन, सिंगो मानव समुदायको अस्तित्व अन्तर्निहित सवालको लडाइँ हो । झन्डै चार महिनाअघि चीनको वुहानमा देखापरेको श्वासप्रश्वाससँग सम्बन्धित यो कोभिड–१९ आज विश्वव्यापी आतंक बनिसकेको छ । संसारको आतंक र डर बनेको यो समस्त मानव समुदायका लागि ठूलो समस्या बनेको छ । विश्वको झन्डै साढे ७ अर्ब मानवको अस्तित्वलाई चुनौती दिने यस संवेदनशील अवस्थामा आज जोकोही यसको चपेटामा पर्ने सम्भावना छ । सार्स प्रकोप गराउने भाइरसको विकसित रूपमा पाइएको कोभिड–१९ ले धर्तीमा आतंक मच्चाइरहेको छ । दिन दुगुना रात चौगुनाको दरले बढ्ने यो रोगले सबैजसो राष्ट्रलाई आक्रान्त बनाइसकेको छ ।

कोरोना संकट र नेपालको अवस्था : विश्व स्वास्थ्य संगठनले भाइरसको फैलावट र सम्भावित संक्रमणको आधारमा चार चरणमा वर्गीकरण गरेको छ : पहिलो चरणमा विदेशबाट आएका व्यक्तिबाट फैलावट वा संक्रमणबाट हुन सक्ने जोखिम, दोस्रो चरणमा विदेशबाट आएका व्यक्तिको आफन्त वा उनीहरूको सम्पर्कमा भएका व्यक्तिबाट फैलावट वा संक्रमणबाट हुन सक्ने जोखिम, तेस्रो चरणमा विदेशबाट आएका व्यक्ति तथा उनीहरूका आफन्तको पनि बिलकुलै सम्बन्ध नभएको व्यक्तिमा फैलावट वा संक्रमणबाट हुन सक्ने जोखिम, चौथो चरण भने महामारीको रूपमा सबैजसो व्यक्तिमा फैलावट वा संक्रमणबाट हुन सक्ने जोखिम । इटाली र चीनलाई चौथो चरणमा, भारतलाई तेस्रो चरणमा र नेपाललाई फैलावट वा संक्रमणको सम्भावनाका आधारमा दोस्रो चरणमा रहेको छ । कुनै रोग संक्रमण कम गर्ने उपाय प्राथमिकता पर्नुसँगै रोग फैलदा रोक्न सक्ने तयारी गर्नु उत्तिकै जरुरी हुन्छ । आज विश्वको ध्यानकर्षण मानव मात्रको महाशत्रु कोरोनाविरुद्ध छ, हरेकजसो राष्ट्रले यसको रोकथामका निमित्त जनचेतना, क्वारेन्टाइन क्षमतामा अभिवृद्धि, गम्भीर प्रकृतिको उपचारका निमित्त अस्पतालको तयारी आदिमा जोड दिएका हुन्छन् । यसैगरी कतिपय राष्ट्रले यस रोगको सामना गर्न लकडाउन, क्वारेन्टाइन, आइसोलेसनजस्ता तयारी अवलम्बन गरिरहेका छन् । नेपाल सरकारले पनि विलम्ब नगरी सम्पूर्ण जनतालाई यस रोगको सामना गर्ने उपायस्वरूप लकडाउन प्रयोग गर्नु स्वागतयोग्य कार्य मानिन्छ । तथापि, यस अवधिमा यो रोगसँग जुध्न र यो संकटसँगै देखापर्ने अन्य पक्षको समाधानमा राज्यलगायत सबै पक्ष संवेदनशील हुनु जरुरी छ ।

बिहानबेलुका काम गरी छाक टार्ने नागरिकमा यथाशीघ्र स्थानीय र प्रदेश सरकारको पहुँच पुगोस्

कोरोना संकटसँगै राज्यले कल्याणकारी भूमिका निर्वाह गरिरहेको सन्दर्भमा सार्वजनिक स्वास्थ्यमा व्यवस्थापकीय गुणस्तरीयता सुनिश्चित गर्नु अहिलेको मूलभूत आवश्यकता हो । बिरामीको सबैभन्दा नजिकैको साथी नर्स तथा स्वास्थ्यकर्मीको मनोबल नै हाम्रो जीवनको त्राण हो । स्वास्थ्यकर्मीप्रति सम्पूर्ण व्यक्तिको अभूतपूर्र्व विश्वास र भर हुन्छ । अदृश्य तथा डरलाग्दो भाइरससँग सामना गर्ने र पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीको कार्य अति चुनौतीपूर्ण कार्य हो । यो अवस्थामा यस रोगविरुद्ध प्रत्यक्ष लडाइँमा भिड्ने आवश्यक स्वास्थ्यकर्मी तयारी गर्नु र उनीहरूको मनोबल उच्च राख्नु अबको प्राथमिकता हुनुपर्छ । यस संकटमा स्वास्थ्यकर्मीले सबैभन्दा बढी जोखिमको सामना गर्नुपर्छ । संक्रमणको उच्च जोखिम भएको यस अवस्थामा व्यक्तिगत सुरक्षा उपकरण ः पन्जा, मास्क, पूर्ण शरीर ढाक्ने विशेष कपडा आदिको पर्याप्त व्यवस्थापन गर्नुपर्दछ । अहिलेको स्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरणको अभावमा रोग संक्रमणको प्रबल सम्भावना स्वास्थ्यकर्मीबाट नै रहन्छ । यसैले, व्यक्तिगत सुरक्षा उपकरणको अभावमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी तनावमा काम गर्न बाध्य हुन्छन् भने कसरी बिरामी उपयुक्त उपचार पाउनेमा विश्वस्त हुन सक्छन् ।

सार्वजनिक स्वास्थ्यमा देखिनुपर्ने स्पष्टता : गुणस्तरीय सेवाको निमित्त स्वास्थ्यकर्मीको मनोबल बढाउने अवस्था सिर्जना गर्न स्वास्थ्य सेवासँग सरोकार राख्ने सरकार, अस्पताल सञ्चालक तथा व्यवस्थापकले विशेष पहल गर्नुपर्दछ । यस घडीमा स्वास्थ्यकर्मीलाई आवश्यकताबमोजिम व्यक्तिगत सुरक्षा उपकरणको उपलब्धता, उक्त उपकरणको गुणस्तरीयतामा सुनिश्चितता तथा यसको समुचित प्रयोगको जानकारी गराउनुपर्दछ । यसैगरी बिरामीको हेरचाहसम्बन्धी, बिरामीलाई उत्प्रेरणा जगाउने, तनाव व्यवस्थापनको आधार तयार गर्नु पनि उत्तिकै आवश्यक पर्दछ । यसरी काम गर्ने स्वास्थ्यकर्मीलाई उच्च मनोबल कायम राख्न मनोवैज्ञानिक, आर्थिक तथा प्रत्यक्ष सुविधा सुनिश्चित गर्नु आवश्यक देखिन्छ । तालिमको अलवा समान वितरण प्रणालीको कठिनाइको अवस्थामा गर्नुपर्ने कार्य प्रस्ट हुनुपर्दछ । जरुरीलाई पहिलो प्राथमिकता तथा पछि गर्न सकिने कार्यको सूची निर्माणमा कुनै नियम, गाइडलाइन, प्रोटोकलमार्फत व्यवस्थापन गर्न सकिन्छ । गुणस्तरीय सेवा र कर्मचारीको प्रतिबद्धता अभिवृद्धि गर्नु अब सबै अस्पताल व्यवस्थापकको चिन्तनको विषय बन्नुपर्दछ । व्यक्तिगत सुरक्षा, उचित पारिश्रमिक, प्रोत्साहन भत्ता, संकटको समयमा कार्यसम्पादनलाई पदोन्नतिको आधार आदिको सुनिश्चितता गर्नुपर्छ । यसैगरी, सामाजिक सुरक्षाको ग्यारेन्टी, बिमाको प्रबन्ध र जोखिमको अवस्थामा अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनले गरेको मार्गनिर्देशन अनुरूपको सेवासुविधा आदिको प्रतिबद्धता जरुरी छ ।

आज विश्वको ध्यान मानव मात्रको महाशत्रु कोरोनाविरुद्ध छ

सिंगो मानव समुदायको अस्तित्वलाई नै चुनौती दिने यस रोगविरुद्ध आज संसार एकबद्ध र सूक्ष्म रूपले समाधानको खाजीमा छ । क्षेत्रगत कुनै भेदभाव नराखी यो रोगविरुद्ध सार्क राष्ट्रको सम्बोधन, रोगको समाधानका निमित्त सबै राष्ट्रको प्रतिबद्धता आदिले कहिले नभएको विश्व एकताको सिर्जना गरेको छ । शक्ति राष्ट्रको संगठन जी सेभेन यो विषयमा गम्भीर देखिएको छ । यो अपूर्व समयमा राज्यको सकारात्मक भूमिकाको प्रतीक्षा गर्ने मात्र हैन, आफ्नो तर्फबाट केकस्तो गर्न सकिन्छ भन्ने आत्मज्ञान हुनु पनि उत्तिकै जरुरी छ । यो समय निजी व्यवसायी, उद्यमी, अस्पताल, प्रसारण साधन र अरू समग्र व्यवसायीलाई समाजप्रति जिम्मेवारी वहन गर्ने अभूतपूर्व अवसर पनि हो । भूकम्पबाट आहत भएका नागरिकले जसरी सबै पक्षबाट सहयोग र समर्थन प्राप्त गरेका थिए, त्यही किसिमको सहयोगको अपेक्षा आज नागरिकले गरेका छन् ।

यस घडीमा सम्पूर्ण नागरिकले पनि अत्यन्त अनुशासित बनेर यो संकटको समाधान गर्न घरमा नै बसी सरकारलाई सहयोग गर्नु आवश्यक छ । गुणस्तरीय सेवाको निमित्त स्वास्थ्य कर्मीको मनोबल बढाउने अवस्था सिर्जना गर्नु अब सबै अस्पताल सञ्चालक तथा व्यवस्थापकको चिन्तनको विषय बन्नुपर्दछ । जसरी लडाइँ मैदानमा सम्पूर्ण हातहतियारसहित सैनिक अगाडि बढ्छन्, यसैगरी यो कोरना महासंकटमा स्वास्थ्यकर्मीलाई आवश्यकताबमोजिम व्यक्तिगत सुरक्षा उपकरणको उपलब्धता, उक्त उपकरणको गुणस्तरीयतामा सुनिश्चितता तथा यसको समुचित प्रयोगको जानकारी गराउनुपर्दछ । कुनै पनि हालतमा नेपालले तेस्रो चरणको जोखिममा प्रवेश गर्नुहँुदैन ।

अन्त्यमा, यो लकडाउनको अवस्थामा बिहान काम गरी बेलुकाको छाक टार्नुपर्ने नागरिकमा यथाशीघ्र स्थानीय र प्रदेश सरकारको पहुँच पुगोस् र गर्व गर्नलायक बनोस् हाम्रो संघीयताको अभ्यास । हरेक व्यक्ति, समूह, समुदायको सचेतना र प्रयासले पक्कै पनि यो महासंकटबाट पार लगाउन हामी सबैलाई शक्ति मिल्नेछ र आशा गरांै, छिट्टै यो सन्त्रासबाट हामी सबैलाई मुक्ति मिल्नेछ ।
(लेखक त्रिविविअन्तर्गत व्यवस्थापन संकायका उप्राध्यापक हुन् ।)

(Visited 333 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

प्रदेश २ मा कोरोना संक्रमितको संख्या हजार बढी

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १...

नवराज बिकको नाममा दुई शब्द……

गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । म यसलाई नरसंहारकै संज्ञा दिन्छु । झन्डै १७ औं शताब्दीको युद्धलाई झल्को...

धनगढीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

धनगढी, २४ जेठ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

धेरै पढिएका

प्रदेश २ मा कोरोना संक्रमितको संख्या हजार बढी

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १...

नवराज बिकको नाममा दुई शब्द……

गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । म यसलाई नरसंहारकै संज्ञा दिन्छु । झन्डै १७ औं शताब्दीको युद्धलाई झल्को...

धनगढीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

धनगढी, २४ जेठ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

ई-पेपर

(Visited 35 times, 1 visits today)