नर्स र एचए पढ्न कहाँ पढाउने भनेर अल्मलिने छुट बागमती प्रदेशलाई छैनः डा. देवकोटा

काठमाडौं । बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले स्टाफ नर्स र एचए कहाँ पढाउने भनेर बागमती प्रदेशलाई अल्मलिने छुट नभएको बताएका छन् । बागमती प्रदेशसभामा स्वास्थ्य विधेयकमा सुझाव राख्ने क्रममा डा. देवकोटाले यस्तो बताएका हुन् ।

उनले बागमती प्रदेशले प्रस्तुत गर्ने विधेयक पक्ष र विपक्षभन्दा पनि देशभन्दामाथि उठेर राय तथा दृष्टिकोण समेट्न उनले सुझाव दिए ।

नेपालले हरेक वर्ष शिक्षा आर्जन, औषधि र हुण्डीको नाममा पैसा बाहिर पठाइरहेको बताउँदै उनले विधेयकले बागमती प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनी प्रश्नसमेत उनले गरे ।

स्वास्थ्यको अधिकार मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य शिक्षा आज धारासायी छ । प्रदेश सरकारले आँट गरे प्रदेश सरकारसँग स्वास्थ्यसम्बन्धी युनिभर्सिटी बनाउने प्रावधान छ ।’

उपचारका नाममा नेपालीहरूले दिल्ली र बैंककलगायतमा खर्च भइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ