काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट हिजो मंगलबार मात्रै चार हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । दिन प्रतिदिन महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार १ सय १४ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संक्रमितको संख्या पनि साढे आठ लाख नाघेको जनाएको छ ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ सय ३७ जना, स्पेनमा ७ सय ४८, अमेरिकामा ७२६, फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ ।
इटालीमा अहिलेसम्म मृतकको संख्या १२ हजार ४ सय २८, स्पेनमा ८ हजार ४ सय ६४ जना, अमेरिकामा ३८ सय ६७, फ्रान्समा ३५ सय २३ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)






