कञ्चनपुर । भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाह रहेका छन् । भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर उनको मृत्यु प्रहरीले जनाएको छ। भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो।
शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।
उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)






