अभिनेता गौरवले गरे टिकाटालो

काठमाडौं । अभिनेता गौरव पहारी दाम्पत्य सम्बन्धमा बाँधिने भएका छन् । तीन वर्ष यताबाट प्रेम सम्बन्धमा रहेको पहारीले आफ्नी प्रेमिका श्रेणी खतिवडासँग बुधबार काठमाडौंमा टिकाटालो गरेका छन् । श्रेणी पेसाले जुम्बा प्रशिक्षक हुन् । खलअभिनेता सुनिल थापा, विल्सन विक्रम राई, उदय सुब्बासहित केही चलचित्रकर्मीको उपस्थितिमा उनले टिकोटालो गरेका हुन् ।

चलचित्र मञ्जरीबाट गौरवले अभिनेताका रूपमा चलचित्र यात्रा सुरु गरेका थिए । उनका होस्टेल, उत्सव, गाजलुजस्ता हिटफिल्म आइसकेका छन् । मिस्टर भर्जिन, कुम्भ करण, साइँली, छक्का पञ्जा २ लगायत दुई दर्जन चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका यी अभिनेताको नम्बरी सुन र दुई कदमसहित दुई सिनेमा रिलिजको तयारीमा छ ।

अभिनेता गौरवले आपूmहरू आगामी मंसिरमा दाम्पत्य सम्बन्धमा बाँधिने बताएका छन् । अग्रज अभिनेता टिका पहारीका छोरा गौरवले बुबाको प्रेरणाका कारण आपूmले यो क्षेत्रमा आएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?