उखुबारीमा बाँधेर राखेको अवस्थामा एक नाबालिका भेटिइन्

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक नाबालिकालाई उखुबारीमा बाँधेर राखेको अवस्थाबाट उद्दार गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ हात्तिबोझामा एक नाबालिकालाई उखुबारीमा बाधेर राखिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

हातिबोझाबाट विद्यार्थी पुर्याउन बिधालय जाने क्रममा बेलौरी नगरपालिका-६ हात्तिबोझास्थित भाइरल पुल छेउको उखुबारीमा दुपट्टाले एक हात बाधेको रोइरहेको अवस्थामा स्थानीय सन्तोशी चौधरीले भेटेपछि प्रहरीलाई खबर गरेर उद्दार गरिएको हो ।

निथ्रुक भिजेको अवस्थामा हात बाधेको अवस्थामा स्थानीयले भेटेको ईलाका प्रहरी कार्यालयका बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए । गए राति पानीपरेको हुनाले भिजेको हुन सक्ने उनको भनाइ थियो । “करिब ८-९ महिनाको बालिका हो ।

बालिका छेउमै बालिकाको लुगा समेत रहेको छ ।” प्रहरी निरीक्षक जैशीले बताए । बालिका हराएको कम्प्लेन कहीकतैबाट आएको छैन । सायद बालिका हिजो बेलुकादेखि उखुबारीमै रहेको हुन सक्ने अनुमान प्रहरिले लगाएको छ ।

बालिकालाई उद्दार गरी बेलौरीस्थित प्राथमिक स्वास्थ चौकीमा स्वास्थ परिक्षण गरिएको छ । बालिकाको अवस्था राम्रो छ गए राति परेको पानीले भिजेको मात्र हो अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्यका डा अमितकुमार पन्डितले बताए । स्वास्थ परिक्षण पस्च्यात इलाका प्रहरी कार्यालयमा राखिने र बालिकाको अभिभावक खोज्ने प्रहरिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा