बग्दै गरेको बाणगंगा नदी खेत भनेर विक्री

कपिलवस्तु,। सिँचाईका लागि निर्माण भएको बाणगंगा ड्याम । ड्याम नजिकै छ गिटि बालुवाको थुर्पो । सदियौ देखी बग्दै आएको नदी भए पनि त्यहा करिव १० विगाहा जग्गा व्याक्तीको नाममा रहेको छ । लालपुर्जा भए पनि सो क्षेत्र स्थानीयले रेखदेश गर्दै संरक्षण गर्दै आएका थिए । तस्करहरुले सो जग्गा खरिद गरी उत्खनन् गर्ने उद्देश्यले पटक पटक किन बेचको लागि कोसिस गरे । तर स्थानीयले चालपाएपछि वेच बिखन रोकिएको थियो ।

दशकौँदेखि रोकिएको बाणगंगा नदी बग्दै आएको जग्गा २ महिना अगाडी सुटुक्क बिक्री गरिएको खुलासा भएको छ । बाणगंगा नगरपालिका वडा नं ६ साविक कोपवा गाविस ६ क कित्ता नं १३१३ को जग्गा २०८० साल जेष्ठ ४ गते विक्री गरिएको पाइएको हो ।

बाणगंगा नगरपालिका वडा नं ६ अमौली निवासी जोखन थारुको नाममा रहको १० कठ्ठा १३ धुर जग्गा विक्री भएको हो। वर्षौदेखि बगिरहेको बाणगंगा नदीको जग्गालाई वडा अध्यक्ष करुण टन्डनले जेठ ३ गते चलानी नम्बर १५४३ मा उक्क्त जग्गालाई कृषि क्षेत्र भनि प्रमाणीत गरि भुमी सुधार तथा मालपोत कार्यालय तौलिहवामा सिफरासी दिएका छन ।

उक्त जग्गा श्रेष्तामा व्यत्तिको नाममा देखिएता पनि परापूर्व कालदेखि नै नदी बगिरहेको छ। विगतदेखि नै विभिन्न प्रलोभन देखाएर उक्त जग्गा विक्रिका लागि अथक प्रयास भएता पनि विगतका जनप्रतिनिधि,कर्मचारीले उक्त जग्गाको सिफरिस नदी पर्ने भएकाले सिफारिस दिन रोक लगाएका थिए।
बगिरहेको खोलाको जग्गाको मुल्य १६ लाख कायम गरी जेठ ४ गते जिल्ला मालपोत कार्यालयवाट वुटवल उपमहानगरपालिका १० वस्ने प्रायुस्मा थापाको नाममा उक्त जग्गा विक्री गरेको राजिनामा पत्रमा स्पष्ट देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,331 times, 1 visits today)

epaper

ताजा समाचार

विजयपुर खोलाले २ बालक बगायो