पोखरा । पोखरा–१४, चाउथेमा विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो दुई जना बालक बगेर बेपत्ता भएका छन् । भगवती हाइड्रोपावर नजिकै पोखरा–१४, विजयबस्तीबाट वडा–२६, सक्नेरी जानेक्रममा दिउँसो करिब १ बजे उनीहरुलाई खोलाले बगाएको हो ।
बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल छिनेडाँडा बस्दै आएका १४ वर्षीय निकसन गुरुङ र खोटाङ नगरपालिका घर भई चाउथे बस्दै आएका १५ वर्षीय ओमन राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गोताखोर टोलीको मद्दतबाट उनीहरुको खोजी भइरहेको छ ।
बेपत्ताको जानकारीपछि वडा प्रहरी कार्यालय, रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको छ । यसैगरी, सशस्त्र प्रहरी बलको बेस क्याम्प कुँडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा ९ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय, शिशुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ ।
सम्बन्धित समाचार
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
३ युवाको सकुशल उद्धार
स्याङ्जामा १७६ पसल अनुगमन, ९० हजार जरिवाना असुल
दुई वर्षमा पनि सकिएन दुई किलोमिटर सडकको काम
गण्डकीमा तनहुँमा मात्रै पशुको रगत परीक्षण
सुक्खा पहिरोले म्याग्दीको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते
कास्कीमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी






