राष्ट्रिय फुटबल टिमका प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक परेको छ । उनका ममतामयी माता इन्द्रमाया कटुवालको उपचारको क्रममा गत आइतबार साँझ निधन भएको हो । स्वर्गीय कटुवालको दुवै मृगौला फेल भएपछि झापा विर्तामोडस्थित मनमोहन अस्पतालमा डायलेसिस गराउँदै आएकी थिइन् ।

उनी गत आइतबार पनि डायलसिस गराउन घरबाट अटो चढेर अस्पताल पुगेकी थिइन् । उपचारकै क्रममा उनको निधन भएको हो । उनको दुई छोरा र एक छोरी छन् । झापा विर्तामोड–१० निवासी कटुवाल फुटबल खेलप्रेमी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

धुर्कोटका उत्कृष्ट स्वास्थ्य संस्था पुरस्कृत