अन्जु पन्त र नारायण थापा उत्कृष्ट

काठमाडौं । चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८०मा आधुनिक गायन तर्फ गायक नारायण थापा र गायिका अन्ज पन्त उत्कृष्ट भएका छन् । बुधबार बेलुका काठमाडौंको रसियन कल्चरमा सम्पन्न अवार्ड समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनालले विभिन्न श्रष्टाहरुलाई सम्मान गरे ।

अग्रज पत्रकार मदन कुमार श्रेष्ठलाई विशिष पत्रकारिता सम्मान प्रदान गरिएको सो समारोहमा पत्रकार अखण्ड भण्डारीलाई राष्ट्रिय पत्रकारिता सम्मान गरियो । आर्थिक पत्रकार मनोज थापा र टेलिभिजन पत्रकार अनिषा कार्की पनि सम्मानित भए । यस्तै म्युजिक भिडियो निर्देशक उमेश गुरुङ, ब्युटिसियन लक्ष्मी महर्जन, मेकअप आर्टिष्ट टेकराज पाण्डेलगायत पनि कार्यक्रममा सम्मानित भए।

समारोहमा आधुनिक विधा तर्फ उत्कृष्ट गायकको अवार्ड नघोच यो छाती गीतबाट नारायण थापाले, गायिकाको अवार्ड यो मनको आकाश गीतबाट अञ्जु पन्तले, आधुनिक गीतकारको अवार्ड छाती किन पोल्छबाट बैकुण्ठ प्रसाद उपाध्यायले र गीतकारको जुरी अवार्ड महसुस गरबाट डा. विनु बाबा अर्यालले हाँसिल गरिन् । विजेताहरुलाई पूर्व प्रधानमन्त्री खनालसहित संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् गायक शम्भु राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले अवार्ड प्रदान गरे ।

आधुनिक तर्फ नै म्युजिक भिडियो निर्देशकको अवार्ड छाती किन पोल्छबाट राजेश थापाले महिला मोडलको अवार्ड यही गीतबाट केकी अधिकारीले र पुरुष मोडलको अवार्ड जाले रुमालबाट बुद्धी तामाङले प्राप्त गरे । यस्तै चलचित्र तर्फ उत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र दीलमाया–२को छुट्छकी साथ गीतबाट सरु गौतमले, चलचित्र गीत गायकको अवार्ड चलचित्र रोशनीको अधुरो छु म तिमी बिनाबाट ओम सुनारले पाए भने आदिबासी गीत तर्फ तामाङ भाषा गायिकाको अवार्ड म्हेन्दोरी लोई गीतबाट रमला पाख्रिन तामाङले र नेपाल भाषा गीत उत्कृष्ट गायिकाको अवार्ड हाकु दाईचा गीतबाट तेजवति जोशीले पाईन् । तेजवतिले आधुनिक गीत गायिका जुरी अवार्ड पनि हाँसिल गरिन् ।

यस्तै लोक दोहोरी तर्फ काठे लोक दोहोरीे गायकको अवार्ड एउटा चिनोबाट नमराज ढुंगानाले, लोक दोहोरी गायकको अवार्ड धोको थिएनबाट रोशन तिखत्रीले, दोहोरी गायिकाको अवार्ड आईपुग्यो बाग्लुङ बजारबाट जुना श्रीष मगरले, लोक दोहोरी म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड मुटु चस्केरबाट दीपेन्द्र सोनमले, मोडल (महिला)को अवार्ड पागल मान्छेबाट अन्जु निरौलाले, मोडल (महिला) जुरी अवार्ड एउटा चिनोबाट सिम्रन दुलालले, लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाईसन्चोबाट एकेन्द्र साराशंकरले हाँसिल गरे ।

सो कार्यक्रममा लोकगीत गायकको अवार्ड मेरी आमाबाट रमेश परियारले, लोक गायिकाको अवार्ड लाहुरे हुँ म गीतबाट मुना शाह, सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड बौजु गीतबाट झुमा लिम्बुले जिते ।

पप तर्फ आधुनिक पप गायकको अवार्ड तिमीलाई हेरी हेरी रहनेबाट आर्जन पाण्डेले, वर्षकै सर्वोत्कृष्ट लोक पप गीतको अवार्ड गायकबाट दुई नजरमार्फत सुरेन्द्र गौतमले, लोक पप गायकको जुरी अवार्ड नविन कुमार पौडेल १८ कट्यौकी कटेनौ गीतबाट पाए भने उत्कृष्ट लोकपप गीत गायकको अवार्ड मेरी मायाँलुबाट आश्रय रञ्जितले हाँसिल गरे । यस्तै लोक पप गायक पब्लिक च्वाईस अवार्ड भागी भागी नजाउबाट गणेश थापाले, लोक पप गायिकाको अवार्ड पियारीबाट सहिमा श्रेष्ठले, लोकपप संगीतकारको अवार्ड क्लियर कटबाट योगेन्द्र उपाध्यायले प्राप्त गरे । यस्तै उत्कृष्ट पप गीत गायकको अवार्ड राम थेँ म गीतबाट हेमन्त शिशिरले, लोक पप म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड पियारी गीतबाट रमेश चन्द सोडारीले, लोक पप म्युजिक भिडियो बाल मोडलको अवार्ड फस्दै गएछु गीतबाट दिप्सन चिलुवालले र लोक पप कोरियोग्राफरको अवार्ड ए केटा मादलु गीतबाट दिवस गिरीले पाए ।

समारोहमा उत्कृष्ट संगीत संयोजकको अवार्ड हजार जुनीबाट साहस शाक्य पाउँदा, आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ए होर मायाँबाट मौसम हिमालीले, म्युजिक भिडियो सिनेमाटोग्राफरको अवार्ड बाबा गीतबाट रँधिर शाहले हाँसिल गरे ।

सो अवार्ड समरोहमा फेशन विधा तर्फ उत्कृष्ट प्रोफेस्नल नेल टेक्निसियन अवार्डको शशी देवी घिमिरेले, उत्कृष्ट ब्युटिसियनको अवार्ड कुष्मा ओलीले, उत्कृष्ट फेशन एन्ड म्युजिकल प्रोग्राम अर्गनाईजर अवार्ड जोहन श्रेष्ठले हाँसिल गरे । यो अवार्डको निर्णायकहरुमा गायिका जुनु रिजाल, गायक तथा मोडल दुर्गेश थापा, गायक रोशन सिंह, म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ र दृष्य सम्पादक बीरेन्द्र भाट (बिपिन) थिए । विलक्षण क्रियसन प्रा.लि. र स्टारवान इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
न्युनतम गरे पनि याे निर्वाचनमा उम्मेदवारको २९ अर्बभन्दा बढी खर्च हुने