७२ दिनमा ११३३ जनाको कोरोना परीक्षण

काठमाडौं । ७२ दिनको अवधिमा १ हजार १ सय ३३ जनाको कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये विदेशबाट आएका पाँच जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित पाँचमध्ये एक जना निको भएर घर फर्किसकेको र चार जनाको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको बताए ।

२० जनवरीबाट नेपालमा कोरोना परीक्षण सुरु भएको थियो । चीनको वुहानबाट नेपाल आएका एक नेपाली युवामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार देशभर ९९ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमणको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाहरुको पनि नमुना संकलन हुँदै आएको छ ।

–११२८ मा नेगेटिभ, पाँच जनामा पोजेटिभ

– एक घर फर्किए, चारको स्वास्थ्यमा अपेक्षाकृत सुधार

–८५ अस्पतालबाट कोरोनाको उपचार

–९९ जना आइसोलेसनमा

सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल निर्धारण गरेको छ । केन्द्र र प्रदेश स्तरका सबै अस्पताल र ६० वटा जिल्ला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा बारा र जनकपुर अस्पताल, बाग्मती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताल तोकिएको छ ।

यस्तै, प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ ।

केन्द्र्रमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताललाई सरकारले यसअघि नै विशेष अस्पतालका रुपमा छुट्याएको छ ।

हाल पोखरा र धरानबाट नमुना परीक्षण सुरु भएको छ । हेटौंडा, सुर्खेत, धनगढी, जनकपुरबाट पनि आज (बिहीबार)बाट परीक्षण सुरु हुने चरणमा छ । हालसम्म ६ हजार कल स्वास्थ्य मन्त्रालयको कलसेन्टरमा आएका छन् ।

आजदेखि नयाँ ठेक्का प्रकृया
सरकारले कोरोना भाइरस (कोभिड–१९) उपचार तथा रोकथामका लागि भन्दै ओबीसीआई प्राइभेट लिमिटेडसँग गरेको स्वास्थ्यजन्य सामग्री खरिद सम्झौता रद्द गरेको छ ।

ओबीसीआईले तोकिएको समयमा सामान ल्याउन नसकेपछि सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । ओम्नीले कबुल गरेको सामानको १० प्रतिशत हाराहारीमा मात्रै ल्याएको थियो । कुल कबुल अंकको १८ प्रतिशत रुपैयाँबराबरको सामान ओम्नीले ल्याएको विभागले जनाएको छ ।

ओबीसीआईले सम्झौताअनुसार काम गर्न नसकेपछि धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने सरकारको तयारी छ । सरकारले ११ चैतमा २४ घण्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबीसीआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ओबीसीआईले २३ लाख ९४ हजार डलरबराबरको सामान ल्याएको थियो । बिना प्रतिस्पर्धा अत्यधिक मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

विवादित ओबीसीआईसँग गरेको औषधिजन्य उपकरण खरिदको सम्झौता रद्द गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान खरिदका लागि फेरि नयाँ प्रक्रिया सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने, ‘पुरानो टेन्डर हालेकाहरूलाई भोलि (आज बिहीबार) बोलाउँछौं । कति उनीहरूले दिन सक्छ भनेर सोध्छौं र फेरि अर्को सम्झौता गर्छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी