विपी राजमार्गमा धमाधम बन्दै फुटपाथ

सिन्धुली । विपी राजमार्गको सिन्धुलीमाढी क्षेत्र र अन्य स्थानमा मान्छेको आवतजावतको चाँप हेरी फुटपाथ निर्माणको काम धमाधम गरिएको छ । बजार क्षेत्रको आवतजावत र सवारी चाँपलाई लक्षित गरि बजार आसपासका क्षेत्रमा फुटपाथ निर्माणको काम भईरहेको छ ।

सिन्धुलीमाढी बजारमा मदन भण्डारी र वीपी दुई ठूला राजमार्गले छोएको क्षेत्रमा पैदल यात्रीलाई आवात जावातमा निकै कठिनाई हुन थालेपछि फुटपाथ निर्माण सुरु गरिएको हो ।

साघुँरो सडक र सवारी चाँपलाई मध्ययनजर गदैँ वीपी राजमार्ग अन्र्तगत सिन्धुलीका बजार क्षेत्रमा २ हजार ३ सय मिटर फुटपाथ निर्माण सुरु भएको छ । साघुँरो सडकमा पैदल यात्रीलाई हिँडडुल गर्न असहज भएकोले विपि राजमार्ग सडक आयोजनाले फुटपाथ निर्माण गरेको जनाएको छ ।

सिन्धुलीको बजार क्षेत्रको माझीटार, रातमाटा, ढुंग्रेबास लगायत ठाउँमा फुटपाथ निर्माण हुने आयोजनाका इन्जिनियर माधव पौडेलले बताए । वीपी राजमार्ग र मध्यपहाडी राजमार्गको छोएका स्थानहरु रामटार, मुल्कोट लगायतका स्थानमा गरी सिन्धुली जिल्लाभर जम्मा २ हजार ३ सय मिटर मात्रै फुटपाथ निर्माण हुने इन्जिनियर पौडेलले बताए ।

वीपी राजमार्गको सडक सुरक्षा कार्यक्रम अन्तर्गत बर्दिबास, सिधुली र बनेपासम्ममा फुटपाथ निर्माण लगायत सडक सुरक्षाको लागि ९ करोड ६० लाख बजेट विनियोजन गरि काम सुरु गरिएको आयोजनाका प्राविधिक रमेश आचार्यले बताए ।

मध्य तराई र पूर्वी नेपालका जिल्लाहरुको छोटो दुरीमा काठमान्डौ जोड्ने सडक भएका कारण यो राजमार्गमा सवारी चाँप अत्यधिक छ । सवारी चाँप र सिन्धुलीमाढी बजार क्षेत्रमा बस्ती विकाससँगै पैदल यात्रुको चाँप बढेका कारण फुटपाथ निर्माण गर्न थालिएको विपी राजमार्ग आयोजनाले जनाएको छ ।

बजार क्षेत्र, विभिन्न कार्यालय, स्कुल क्याम्पस पनि बजार क्षेत्रमै रहेको र सडकमा सवारी साधानको चापले गर्दा असहज आवत जावतमा समस्या भइरहेकाले फुटपाथ निर्माण सुरु गरिएको आयोजनाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

साउदीमा सम्झौता अनुसार तलव दिदैंन रोजगारदाता कम्पनी