एकै व्यक्ति आईजीपी र सेनापति

थाहा नपाउनेका लागि नेपाल प्रहरीको आईजीपी र नेपाली सेनाको प्रधान सेनापति एउटै व्यक्ति भएका थिए भन्दा आश्चर्य लाग्न सक्ला । तर, यो कथा होइन व्यवहारमा भएको यथार्थता हो । नेपालको प्रमुख दुई सुरक्षा अंगकै प्रमुख हुने एक मात्र व्यक्ति तोरण शमशेर जबरा थिए । उनी २००७ साल चैत्र २८ गते नेपाल प्रहरीको पहिलो आईजीपी भएका थिए । पछि २०१३ सालदेखि २०१७ सालसम्म नेपाली सेनाको प्रधान सेनापति पदमा रहेर अवकाश भएका थिए । एकै व्यक्ति दुई सुरक्षा अंगको प्रमुख कसरी बने ? यो कौतुहलता मेटाउन हामीले २००७ सालतिरै फर्कर्नुपर्ने हुन्छ ।

स्मरण रहोस् राणा खालककै सन्तान प्रजातान्त्रिक विचारधारा भएका तोरण शमशेर सर्वप्रथम १९७६ मा नेपाली सेनाको सेनानी पदमा नियुक्त भएका थिए । पदोन्नति हुँदै २००७ सालमा उनी सैनिक मुख्यालय जंगी अड्डामा सहायक रथी पदमा कार्यरत थिए । २००७ साल फागुनमा जहानिया राणा शासनको अन्त्य भयो । मुलुकमा प्रजातन्त्र आयो ।

तोरण शमशेर जबराको आईजीपी पदको कार्यकाल मात्र तीन दिनको थियो

२००७ साल चैत्रमा नेपाल प्रहरीमा सर्वप्रथम आईजीपी पद स्थापना गरिएको थियो । राणा परिवारकै भए पनि डेमोक्रेटिक विचारधारा राख्ने सहायक रथी तोरण शमशेर राजा त्रिभुवनका विश्वास पात्र व्यक्ति मध्येमै पर्दथे । प्रहरीभित्र आईजीपी बन्ने विश्वासिलो व्यक्ति नदेखेरै त्रिभुवनले तोरण शमशेरलाई २००७ साल चैत्र २८ गते नेपाल प्रहरीको आईजीपी पदमा नियुक्त गरेका थिए ।

त्यसताका प्रहरीको सर्वोच्च कार्यालयलाई सदर पुलिस गोश्वारा मानिन्थ्यो, जुन प्रहरीको प्रधान कार्यालय थियो । सदर पुलिस गोश्वारा पनि सिंहदरबार परिसरभित्रै थियो । आईजीपी पदमा नियुक्त भएका तोरण शमशेर जबराले नियुक्ति पाएको भोलिपल्ट वा २००७ साल चैत्र २९ गते सिंहदरबारस्थित सदरपुलिस गोश्वारामा आईजीपी पदको कार्यभार समाल्ने क्रममा सम्पूर्ण प्रहरी कर्मचारीबीच बहालीको वक्तव्य दिएका थिए । तोरण शमशेर जबराले दिएको बहालीको वक्तव्य गोरखापत्रमा २००७ चैत्र ३१ गते प्रकाशित भएको छ । जुन यहाँ दिइएको छ :

बहाली गरे लगत्तै तोरण शमशेरको मानसिकता परिवर्तन भयो । उनले आईजीपीमा रहन चाहेनन् । पुनः साबिककै नेपाली सेनातर्फ फर्कने निर्णय गरे । आईजीपी तोरण शमशेरले राजा त्रिभुवनमा आफ्नो इच्छा जाहेर गरे । तोरण शमशेरको चाहना बुझेर राजा त्रिभुवनले पनि उनलाई नेपाली सेनातर्फै फर्कने आदेश दिएपछि मेजर जनरल वा उपरथी पदमै बढुवा भएर पुनः तोरण शमशेर नेपाली सेनामा फर्किए । तोरण शमशेर जबराको आईजीपी पदको कार्यकाल मात्र ३ दिनको भयो ।

यो कुरो नेपाल प्रहरीको इतिहास लेख्ने क्रममा सामग्री संकलनार्थ राष्ट्रिय अभिलेखालयमा भएका स्रोत सामग्री अध्ययन गर्दा स्तम्भकारले २०५१ सालमा फेला पारेको थियो । खोज अनुसन्धानको क्रममा १९५८ देखि २००७ सम्म प्रकाशित गोरखापत्र केलाउँदै आउँदा यो कुरा पहिचान भयो । नेपाल प्रहरीले २००८ साल वैशाख १ गते नियुक्त भएका नरशमशेर जबरालाई पहिलो आईजीपी मान्दै आएको थियो ।

तोरण शमशेर आईजीपी बनेका थिए भन्ने कुरा प्रहरीमा अज्ञातै थियो । प्राप्त गोरखापत्रको समाचार लिए । सोही दिन स्तम्भकार सोझै एकान्तकुना ललितपुरस्थित ‘नरडेरा’ मा पूर्व आईजीपी नरशमशेरलाई भेट्न गयो । किनकि, तोरण शमशेर तीन दिन मात्रै आईजीपी हुनका कारण के थियो ? त्यही कौतुहलता मेटाउन स्तम्भकार नर शमशेरसँग भेट गर्न पुगेको थियो ।

त्यस’boutमा नरशमशेरसँग बुझ्दा नातामा दाजु पर्ने तोरण शमशेरले आईजीपीमा बस्न इच्छा नगरेकोले उहाँ पुनः नेपाली सेनामै फर्कनुभएको हो । सो ठाउँमा २००८ साल वैशाख १ गते म आईजीपी भएँ । तर, पहिलो आईजीपी मान्ने चलन म पछिकैले गरेको हुँदा किन मलाई पहिलो आईजीपी बनाए त्यो आफूलाई जानकारी नभएको स्पष्ट पार्नुभयो । कुराकानीकै सिलसिलामा तोरण दाजु त अहिले ९७ वर्षको हुनुभयो । विशालनगरमा बस्नुहुन्छ भन्ने जानकारी नरशमशेरबाटै पाएपछि भोलिपल्टै बिहान तोरण शमशेरसँग भेट गर्न स्तम्भकार विशालनगर पुग्यो ।

होचो कद, पातलो शरीर, फुर्कितो जिउ देख्दा म पूर्वआईजीपी एवं प्रधानसेनापति तोरण शमशेरसँग अत्यन्त प्रभावित भए

तोरण शमशेरसँगको भेट स्तम्भकारको जीवनकै अविस्मरणीय क्षण बन्न पुगेको छ । स्तम्भकार तोरण निवासमा पुग्दा भर्खरै उहाँ पनातिलाई साथमा लिएर लौरो टेकेर हिडेरै धुम्बाराही दर्शन गरेर घर आइपुग्नुभएको थियो । त्यसताका म नेपाल प्रहरीको इन्स्पेक्टर पदमा प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेकाले परिचय दिएर आफ्नो जिज्ञासा उहाँसँग राखें । मेरो जिज्ञासा पूरा गर्ने क्रममा तोरण शमशेरले भन्नुभयो, ‘१९७६ सालमा मेजरमा भर्ना भएर म २००७ सालमा ब्रिगेडिएर जनरल भइसकेको थिए ।

राणा शासनको अन्त्य भएपछि आईजीपी पद सिर्जना भयो । त्रिभुवन सरकारले बोलाएर तिमी आईजीपीमा बस भन्नुभएअनुसार बचन काट्ने कुरै भएन । आईजीपीमा नियुक्ति भएर बहाली गरेँ । तर ३१ वर्षसम्म सैनिक सेवामा बिताएको कारण प्रहरीतर्फको मलाई रसबसै थिएन । पुनः आर्मीतर्फ फर्कने निश्चित गरी विकल्पको रूपमा भाइ नरशमशेरलाई तिमी आईजीपीमा बस म आर्मीतर्फै फर्कन्छु भने । नरशमशेरले हजुरबुबा जुद्ध शमशेरकै पालादेखि राणाविरोधी गतिविधि’bout सूचना संकलन कार्य गर्दै आएका थिए ।

उनको काम प्रहरी सम्बद्ध भएकोले उनैलाई मनाएर त्रिभुवन सरकारमा जाहेर गरेपछि मलाई उपरथी पदमा बढुवासहित पुनः नेपाली सेनातर्फ फर्कन आदेश भएकोले फर्किए । पछि ४ वर्षे सेनापतिको कार्यकाल सकेर २०१७ सालमा अवकाश भएको हुँ ।” तोरण शमशेरको जवाफले मेरो जिज्ञासा पूरा ग¥यो । उहाँको त्यतिखेरको बसाइँ हालको जयनेपाल हल पूर्व पर्ने हात्तीसारस्थित पुरानो चाइनिज इम्बेसी रहेकै कम्पाउण्ड रहेछ । पछि सो कम्पाउण्ड सरकारलाई दिएर उहाँ विशालनगर बस्न थाल्नु भएछ । हेर्दा सामान्य लाग्ने, होचो कद, पातलो शरीर, फुर्कितो जिउ देख्दा म पूर्व आईजीपी एवं प्रधानसेनापति तोरण शमशेरसँग अत्यन्त प्रभावित भए ।

त्यसपछि आफूले बुझेको सम्पूर्ण यथार्थता तत्कालीन आईजीपी मोतीलाल बोहरामा अवगत गराए पछि तोरण शमशेरलाई पहिलो आईजीपी मान्न थालियो । तोरण शमशेरको निधन मैले भेटेको २ वर्षपछि नै वा २०५३ सालमा ९९ वर्षको उमेरमा भयो । उदार मानसिकता, साझा जीवन र उच्च विचारका धनी एवं तोरण शमशेर मेरो स्मृतिमा सधैं ताजा रहनुभएको छ । उहाँ हामी सबैको प्रेरणाको स्रोत मात्र हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम