अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड

दैलेख । कर्णालीप्रदेश सभा सदस्य घनश्याम भण्डारीले अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले नेपालमा कृषियोग्य जमिन प्रशस्तै भएकाले आवश्यक तरकारी, खाद्यान्नलगायत कृषि उत्पादनमा सबैले जोड दिनुपर्ने बताएका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेख र कृषि बिकाश कार्यालय दैलेखको आयोजना गरिएको आर्थिक बर्ष ०८०–८१को स्वीकृत कार्यक्रम सार्वजनिकरण र समन्वयात्मक गोष्ठीमा उनले आफुसँग भएको स्रोत र साधानको भरपुर प्रयोग गर्दै कृषिमा आत्मानिर्भर बन्न सबैजना लाग्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले विकास कार्यक्रम सञ्चालन गर्नेहरुबीच समन्वय प्रभावकारी बनाउन आग्रह गरे । कृषिलाई अगाडी बढाउन् उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य गमता बिकले कृषि क्षेत्रमा दक्ष जनशक्तिको आवश्यक रहेको बताइन् । कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताइन् ।

यस्तै प्रदेश सरकारको भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालयको सचिव डा नरहरी घिमिले कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहहरुको सहकार्यता जरुरी रहेको बताए । उनले सबै संग समन्वय गरेर जानुपर्ने बताए । कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर बिष्टले महत्वपूर्ण सुझाव अनुसार नै कामगर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी