कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसँग तयारी

Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style


धनगढी । कैलालीका अधिकाँस नीजि अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि कुनै तयारी गर्न सकेका छैनन् । सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमित बिरामीलाई उपचारबाट वञ्चित गर्ने अधिकार नभएको भन्दै तत्काल खोलेर सञ्चालन गर्न आदेश दिएको थियो । तर, कैलालीका नीजि अस्पतालहरु संक्रमणलाई फैलन नदिने योजनाभन्दा पनि उपचार गर्नबाट पनि पन्छिइरहेका छन् ।

चैत १० गते कञ्चनपुरको बेलौरी नगरपालिका लक्ष्मीपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक सुवास चौधरीले बेलौरीबाट विरामी बोकेर माया मेट्रोमा पुर्याएका थिए । रुघाखोकी, ज्वरो लगायतको लक्षण देखिएका ती बिरामीलाई अस्पतालले भने भर्ना गर्न मानेन । अस्पतालले ती विरामीलाई उपचार नहुने भन्दै सेती अञ्चल अस्पताल पुर्याएको थियो ।

ती विरामीले भने–‘सामान्य रुघाखोकी थियो चेकजाँच नगरी सेती पठायो । सेतीमा उपचार गरेपछि ११ गते घर फर्केको थिए ।’

सर्वोच्च अदालतले चैत १८ (मंगलबार) सर्वोच्चले बिरामी फर्काउने र सेवा छैन जस्ता बहाना प्रयोग नगर्न निजी अस्पताललाई आदेश दिएको थियो । सोही आदेश अनुसार बिहिबारदेखि कैलालीका नीजि अस्पतालहरुले आंशिक रुपमा सेवा शुरु गरेका छन । कैलालीका सबै अस्पतालहरुले सेवा शुरु गरेपनि आंशिक रुपमा सेवा प्रदान गरिरहेको प्राइभेट अस्पताल संघका अध्यक्ष जनक जोशीले बताए ।

उनले भने–‘सरकारी अस्पतालहरुलेनै ओपीडि सेवा बन्द गरेका छन । इर्मेजेन्सी सेवामात्र दिइरहेका छन् । त्यसैले नीजिले पनि इर्मेजेन्सी सेवामात्र दिइरहेका छन ।’ उनले नीजि अस्पताल सबै खुल्ला रहेको बताए ।

विश्वभरीनै कोरोना भाइरस (कोभिड–१९) ले महामारी ल्याएपछि चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेको थियो । सरकारले लकडाउन जारी गरेसंगै कैलालीमा रहेका अधिकांस नीजि अस्पतालहरुले सेवा दिन बन्द गरेका थिए ।

बिहिबार धनगढीस्थित अधिकाँस नीजि अस्पताल पुग्दा सटर कसैले आधी खोलेका थिए भने कसैले पछाडीबाट खोलेर बसेका थिए । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन नीजि अस्पतालहरु पनि योजना बनाउनुपर्ने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए ।

नीजि अस्पतालहरु सञ्चालन नभएपछि सामान्य विरामी हुँदा पनि आम नागरिकहरु सरकारी अस्पतालनै पुग्नुपर्ने अवस्था रहेको थियो ।

छैनन प्रयोगशाला पनि सञ्चालन

कैलालीमा धनगढी डाइगोनेस्टिक, नेश्नल प्याथ ल्याब, लाइफ कियर डाइगोनेस्टिक लगायतका सुविधासम्पन्न प्रयोगशालाहरु पनि अहिले बन्द रहेका छन । एक अस्पताल सञ्चालकले भने –‘कतिपय प्रयोगशालाका सेवाहरु अस्पतालभित्र हुँदैनन । ती परिक्षणका लागि धनगढीमा रहेका सुविधासम्पन्न प्रयोगशालामा पठाउनुपर्ने हुन्छ तर, अहिले ती पनि बन्द रहेका छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?