धनगढीमा कोरोना परीक्षण शुरु


धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरल (कोभिड १९) को स्वाब नमुना परीक्षण शुरु भएको छ ।

संक्रमणको आशंका गरिएका एक विमारीको नमूना बिहीबार परीक्षण गरिएको छ । हालै संघीय सरकारले ‘रियल टाइम पीसीआर’ उपकरण पठाएपछि सोही उपकरणबाट नमूनाको परीक्षण गरिएको हो ।

संघीय मन्त्रालयबाट खटिएका मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही सहितको चार जनाको टोलीले सो परीक्षण थालेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. जगदीश जोशीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य