१३ इण्डोनेसीयन नागरिक गोदावरी रिर्सोटमा


ललितपुर । लकडाउन सुरु भएपछि सप्तरीमा अलपत्र परेका १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको रिसोटमा राखीएको छ । कहिले सप्तरीको मस्जीद त कहिले ललितपुरको मस्जीद हुँदै रिसोटमा क्वारेन्टाइन बस्न पुगेका छन् ।
बुधबार राती ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित मस्जिदमा राखीएका ती इन्डोनेसियन नागरिकलाई बिहीबार गोदावरी नगरपालिकाको गोदावरी भिलेज रिर्सोटमा राखीएको छ । इमाडोलको मस्जिदमा राख्न ल्याइएका ती नागरिकलाई ब्यापक विरोधपछि गोदावरीतीर सारिएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

‘हामीलाई कुनै जानकारी बिना नै १३ जना इण्डोनेसियन नागरिकलाई रातारात यहााको मस्जिदमा राख्न ल्याएछन्,’नगरपालिकाका मेयर श्रेष्ठले भने,‘हामीले मुस्लिम आयोगका अध्यक्ष , गृहसचिव, प्रतिनिधी सभा सांसद कृष्णलाल मर्हजन, प्रदेश सभा सदस्य माधव पौडेल, प्रमुख जिल्ला अधिकारी, ललितपुर प्रहरी प्रमुखसँग समन्वय गरी गोदावरीको भिलेज रिसोर्टमा लगिएको छ ।’

गोदावरी भिलेज रिसोट पुर्यारएपछि त्यहाँ पनि स्थानीयको विरोध आएको छ । ‘हामीले हाललाई क्वारेन्टाइनका रुपमा १३ जना इण्डोनेसीयन नागरिकलाई स्थान दिएका हौँ’, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले भने, ‘हामीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी अन्यत्रै पठाउने तयारी गरीरहेका छौँ ।’ उनका अनुसार स्थानीयले पनि उनीहरूलाई त्यहाँबाट हटाउन दबाब दिएका छन् भने बिना कुनै जानकारी ल्याएपछि नगरपालिकाले सुरक्षित स्थानमा राख्न लगिएको बताएका हुन्।

सप्तरीबाट फर्किएका ती नागरिकहरू बनेपास्थित एक मस्जिदमा जान खोजेका थिए तर त्यहाँ राख्न नमानेपछि उनीहरूलाई प्रहरीले बालाजुबाट इमाडोलको मस्जिदमा राख्न लगेको थियो । मस्जिदमा बालबालिका तथा वृद्धाहरू समेत बसेका थिए । ती इन्डोनेसियन नागरिकहरू जनवरी २१ तारिख र फेब्रुअरी ११ तारिखमा नेपाल आएका थिए ।
उनीहरू सप्तरीको इस्तेमा (मुस्लिम समुदायको धार्मिक प्रवचन)का लागि नेपाल आएका थिए । प्रहरी वृत सातदोबाटोका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सप्तरीमा फेब्रुअरी १४, १५ र १६ तारिखमा इस्तेमा रहेको थियो। यसअघि इन्डोनेसियन नागरिकहरू कञ्चन रूप नगरपालिकाको एक मस्जिदमा बसिरहेका थिए । लक डाउन भएपछि उनीहरू अलपत्र परेका थिए । ‘यहाँबाट कहीँ जान नपाउने भएपछि हामीले गाडीमा हालेर काठमाडौं पठाइदिएका हौं,’सप्तरीका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले भने ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य