नवौं एसियन वल्र्ड फिल्म फेस्टिभलमा हल्कारा

काठमाडौं । आउँदो फेब्रुअरीमा अमेरिकामा आयोजना हुने ओस्कार अवार्डका लागि नेपालबाट यो वर्ष चलचित्र हल्कारा पठाईएको छ । यस अघि विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा चयन भएर अवार्ड जित्न सफल चलचित्र हल्कार यतिबेला फेरी अर्को फिल्म फेस्टिबलमा समेत चयन भएको छ । अमेरिकामा हुन लागेको ‘नवौं एसियन वल्र्ड फिल्म फेस्टिभल २०२३’मा छनोट भएको छ ।

निर्देशक विक्रम सापकोटाले आफ्नो चलचित्र हल्कारा नेपालबाट ओस्कारको लागि चयन भएसँगै यो अर्को फेस्टिबलका लागि पनि चयन भएको बताएका छन् । उनका अनुसार यो फेस्टिबल यही २२ कात्तिक बाट १७ मंसिरसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुनेछ । यो महोत्सबमा खुला र प्रतिस्पर्धा गरी दुई समुहका फिल्म देखिाईने भए पनि आफ्नो चलचित्र प्रतिस्पर्धात्मक समुहमा चयन भएको पनि सापकोटाले जानकारी गराएका छन् । नेपाल सहित एशियाका विभिन्न मुलुकका फिल्महरु यो महोत्सबमा चयन भएको र ती मध्य केही फिल्म त सम्बन्धि देशबाट ओस्कारको लागि पठाईएको पनि रहेको उनको कथन छ ।

फेस्टिभलको ओपनिङ फिल्ममा यस वर्ष ओस्कारमा सिफारिस दक्षिण कोरियाली फिल्म ‘कंक्रिट युटोपिया’ र समापन फिल्ममा चीनको ‘क्रिएसन अफ द गड्स आइ ः किङ्डम अफ स्ट्रोम्स’ रहेको पनि उनले जानकारी गराएका छन् ।

यो चलचित्रमा महेश त्रिपाठी, विनिता थापा मगर, दीपक क्षत्रीलगायतको मुख्य भूमिका रहेको छ । यस अघि यो चलचित्र विभिन्न महोत्सबमा पनि चयन भईसकेको थियो । हल्कारालाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । बैदेशिक रोजगारीको क्रममा आईपर्ने विभिन्न समस्यालाई यो चलचित्रको मुख्य कथा बनाईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध