रौतहटमा प्रेसर हर्न निषेध

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रौतहटमा प्रेसर हर्न बजाउन निषेध गरेको छ । सवारी साधनमा प्रेसर हर्न निषेध गर्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३ दिने अभियानमा ३ सय ५० वटा सवारी साधनबाट प्रेसर हर्न निकालेको छ । ट्राफिक प्रहरीले मधेश प्रदेशमै प्रेसर हर्न हटाउने अभियान थालेको हुदा रौतहटमा पनि सो अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन ।

गत कार्तिक १२,१३ र १४ गते जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटको सबै ट्राफिक पोष्टबाट सवारी साधानको प्रेसर हर्न हटाउने अभियान चलाएको थियो । ट्राफिकले सवारी साधनबाट प्रेसर हर्न हटाएर राम्रो काम गरेको रौतहटका युवा ब्यबसायी अरुण लामाले प्रतिक्रिया दिएका छन । ध्वनी प्रदुषणले चन्द्रनिगाहपुरबासी पिडित हुदै आएको उनको भनाइ छ ।

यता सवारी चालकहरुले पनि गाडीको प्रेसर हर्न हटाउदा राजमार्गमा हिडन कठिन हुने प्रतिक्रिया दिएका छन । राजमार्गको मोडहरुमा प्रेसर हर्न अति नै आवश्यक रहेको सवारी चालक राजु परियारले बताए । सिधा राजमार्गमा प्रेसर हर्न नबजाएतापनि मोडहरुमा प्रेसर हर्न नहुदा दुर्घटनाको जोखिम रहेको उनको गुनासो छ ।

यसैगरी रौतहट ट्राफिकले पूर्व पश्चिम राजमार्ग तथा गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारी चेकजाँचमा कडाई हुन थालेपछि चालकहरुले ट्राफिक नियमको पालना गर्न थालेको जनाईएको छ । ट्राफिक नियमको पालनाका ’boutमा समुदाय स्तरमा समेत जानकारी दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

रौतहटमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले सवारी साधन सवारी चेकजाँचमा कडाई गरेको हो ।चाडपर्वको समयमा सवारी दुर्घटना बढी हुने भएकाले न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ईलाका प्रहरी कार्यलय चन्दनिगाहपुरको समन्वयमा सवारी चेकजाँचलाई तिव्र बनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरेर मोटर साईकल चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइ ट्राफिक नियमका विषयमा जानकारी दिई जरिवना गरेर छाडिएको रौतहट ट्राफिक प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । ट्राफिक नियम विपरित सवारी चलाउनेहरुलाई जरिवना तथा कार्वाही समेत गरीदै आएको ट्राफिक प्रमुख आचार्यको भनाई छ । ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको उनले बताए ।

यसअघि सवारी चालकको स्वास्थ्य परिक्षण, पर्चा वितरण तथा गुनासो सुन्ने लगायतका काम गर्दै आएको समेत आचार्यले जानकारी दिएका छन । पूर्व पश्चिम राजमार्ग तथा गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारी चेकजाँचमा कडाई हुन थालेपछि चालकहरुले ट्राफिक नियमको पालना गर्न थालेको उनको भनाइ छ । रौतहट ट्राफिकले ट्राफिक नियमको पालनाका ’boutमा समुदाय स्तरमा जानकारी गराउनको लागी राजमार्गहरुमा ट्राफिक नियम सम्बन्धी होडिङ बोर्ड राख्ने तथा बिभिन्न सचेतना कार्यक्रम गदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

epaper

ताजा समाचार

चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही