Saturday, June 6, 2020
Home बिचार कोरोना भाइरससँग लड्न साझा सहकार्य र मेलमिलाप

कोरोना भाइरससँग लड्न साझा सहकार्य र मेलमिलाप

विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिरहेको छ । युरोप, अमेरिका र एसियाका अधिकांश देशका नागरिक कोरोना भाइरसको महामारीका कारण सन्त्रासमा बाँचिरहेका छन् । यद्यपि, आत्तिनुपर्ने अवस्था छैन । प्रकृतिमा देखिएको असन्तुलनले मानव सभ्यतामाथि दरो आक्रमण गरे पनि अन्ततः आजको विकसित समाजको प्रविधियुक्त मानवले यो महामारीमाथि विजय हासिल गरेरै छोड्ने निश्चित छ । त्यसैले केही समय धैर्य गर्नुपर्छ र सावधानी अपनाउनुपर्छ । ढिलोचाँडो यो महामारीको उपचार विधि पत्ता लाग्नेछ ।

विशेषगरी पछिल्लो समयमा केही शक्तिशाली राष्ट्रबीच देखिएको शक्तिको होडका कारण पनि मानव समाजले विभिन्न समस्या भोग्नु परिरहेको छ । विगतमा शक्तिशाली राष्ट्रका केही नेतृत्वको घमण्डकै कारण पहिलो र दोस्रो विश्वयुद्ध हुँदा विभिन्न देशले अपूरणीय क्षति बेहोर्नुप-यो । अहिले जसरी कोरोना संक्रमणको महामारी फैलिरहेको छ, यसका पछाडि पनि केही शक्तिशाली देशले गरेका त्रृटि कारण नहोलान् भन्न सकिँदैन । तर, अहिले यति मात्रै बुझ्नुपर्छ कि कोरोना संक्रमण विश्वजगत्मा देखिएको एउटा ठूलो विपत्ति हो र यसलाई सबै मिलेर सामना गर्दै विजय हासिल गर्नुपर्ने अहिलेको अहं आवश्यकता हो । विश्वका दुई शक्तिशाली मानिएका देश अमेरिका र चीनले संयुक्त रूपमा कोरोना संक्रमणको महामारीविरुद्ध लड्ने प्रण गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार मात्रै चीनका राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गर्दै यो महामारीविरुद्ध संयुक्त लडाइँ लड्न प्रस्ताव गर्नुलाई निकै सकारात्मक रूपमा लिनुपर्छ । चीनको वुहानबाट सुरु भएको भनिएको यो महामारीबारे चीनका राष्ट्रपतिलाई धेरै जानकारी भएको र उनीसँग सहकार्य गरी अघि बढ्दा यो महामारीमाथि विजय हासिल गर्न सकिने निष्कर्ष ट्रम्पले निकाल्नुलाई निकै सकारात्मक रूपमा लिइएको छ । सम्भवतः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको महामारीसँग लड्न अमेरिका र चीनको संयुक्त प्रयासमा प्रभावकारी साथ दिनेछन् । यसैगरी युरोपका अति प्रभावित देशका शासकहरूसमेत यसका लागि सहकार्य गर्न तयार हुनेछन् । यस्तो अवस्थामा विश्वस्तरमा रहेका विभिन्न संघसंस्थाले पनि कोरोनाविरुद्धको लडाइँलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ ।

सुरुमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणले यतिखेर विश्वव्यापी रूप लिएको छ र पछिल्लोपटक सबैभन्दा बढी प्रभाव अमेरिकामा देखिएको छ । त्यसैले, अमेरिकी र युरोपियनहरूले पनि छिटोभन्दा छिटो संयुक्त सहकार्यमा आवश्यक रणनीति बनाउन ढिलाइ गर्नुहुँदैन ।

केही दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा भएको सार्कस्तरीय भिडियो कन्फरेन्समा कोरोनाविरुद्ध लड्नका लागि सार्क मुलुकले ऐक्यबद्धता जनाएका थिए । मोदीकै पहलमा कोरोना भाइरसविरुद्ध लड्नका लागि आपतकालीन कोषसमेत बनाइएको छ ।

यसरी, कोरोनाविरुद्ध लड्का लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा नै विभिन्न अभियान थालिएको सन्दर्भमा हामी पनि नेपाललाई कोरोना भाइरसबाट मुक्त बनाउने साझा अभियानमा होमिन जरुरी छ । यसका लागि केन्द्रीय सरकारले लकडाउनदेखि विभिन्न खाले प्रभावकारी कार्यक्रम ल्याएको छ । जसरी केन्द्रीय सरकारले कार्यक्रम ल्याएको छ, त्यसैगरी प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सोही अनुसारका महत्वपूर्ण कार्यक्रम ल्याउनुपर्छ । अहिले सबैभन्दा ठूलो समस्या नै विदेशबाट आएका नेपालीमा एकपछि अर्को गर्दै कोरोनाको संक्रमण देखिइरहेको छ । विदेशबाट आएका नेपाली गाउँमा पुगेपछि कोरोना भएको पुष्टिसमेत हुन थालेको छ । यसले कोरोनाको भाइरस धेरै गाउँमा पुगेको हुन सक्ने देखिएको छ । त्यसैले, स्थानीय तहले अब आफ्नो तहका विभिन्न गाउँमा भर्खरै विदेशबाट आएका व्यक्तिलाई पहिचान गरी उनीहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था छिटोभन्दा छिटो मिलाउनुपर्छ ।

हामीकहाँ कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई कमी गर्ने हो भने यहाँको सरकार, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था, मिडियालगायतका सबै क्षेत्रले साझा सहकार्य र मेलमिलापसहित प्रतिरोधका लागि अगाडि बढ्नुको विकल्प छैन । विश्व परिदृश्यमा हिजोका कट्टर दुश्मन मानिने देश र शासकहरू त कोरोनाविरुद्धको सम्भावित जोखिमलाई कम गर्न एकीकृत रूपमा मिलेर अगाडि बढ्ने निर्णयमा पुगिसकेका छन् । हामीकहाँ त हिजो राजनीतिक परिवर्तनका लागि समेत एकजुट भएर एउटै मोर्चामा लडेका सबै राजनीतिक दल छन् ।

फेरि हाम्रा दलका नेताहरू संकटको समयमा एकजुट हुँदै निकास दिएको विरासत पनि हामीसँग छ । त्यसैले, यस्तो समयमा के सत्तापक्ष, के प्रतिपक्ष सबै एकजुट भएर सम्भावित जोखिम कम गर्न लाग्नुपर्छ । यस्तो समयमा एकले अर्कालाई दोषारोपण गर्नुहुँदैन । सरकारसँग पनि सीमिति साधनस्रोत छ, त्यसको अधिकतम प्रयोग गर्न सक्नुपर्छ । सरकारले यस्तो समयमा प्रतिपक्षीलगायतका अन्य दलसँग पनि सहमति खोजेर सहकार्यका लागि अगाडि बढ्न सोहीअनुसार लचिलो हुन आवश्यक छ । हामीकहाँ पछिल्लो समयमा सर्वसाधारण नागरिकमा नकारात्मक सोचको विकास हुनेक्रम बढेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न पनि त्यस्ता खाले नकारात्मक सोचलाई पूर्ण रूपमा हटाउनु अत्यावश्यक छ । सरकारले अहिले कार्यान्वयनमा ल्याएका सबै प्रकारका कार्यक्रम र योजनालाई सबै नागरिकले पवित्र मन राखेर सहयोग पु¥याउनुपर्छ । लकडाउनको समयमा अत्यावश्यक काम पर्दाबाहेक अन्य समयमा बाहिर निस्कनुहुँदैन । सानो लापर्बाहीले गर्दा संक्रमणले भयावह रूप लिन सक्ने र ठूलो मानवीय क्षति हुन सक्ने भएकाले कसैले पनि लापर्बाही गर्नुहुँदैन ।

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा नै साझा सहकार्य र मेलमिलाप आजको आवश्यकता हो । त्यसो गर्न सकेमा मात्रै समग्र मानव समाजलाई चुनौती दिएको कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई परास्त गर्न सकिन्छ ।

(Visited 211 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

ई-पेपर

(Visited 35 times, 1 visits today)