Saturday, June 6, 2020
Home बिचार कोरोनाको महामारी : मानव सभ्यताको विनिर्माण

कोरोनाको महामारी : मानव सभ्यताको विनिर्माण

कोरोना, तिमी मेरो युगको अन्तिम कविता हौ,
यदि तिमी निःशब्द, निष्प्रभावी रह्यौ भने सायद आउने युगको पहिलो कविता बन्नेछौ,
तिमी मेरो युगको आदि हौ, थाहा छैन वा हौ अन्त्य,
तिमीले संसारउपर अदृश्य स्पर्श ग¥यौ, मानवीय चित्कारमा रमायौं
सायद त्यही त्रासदीले अब संसार निश्चिय बदलिनेछ,
मानव सभ्यताको अविछिन्न, सतत धरोहरमा एउटा भयानक परिवर्तन आउनेछ ।
के मानव सभ्यतामा एउटा युग सकिएको हो ? के अब सिंगो मानव सभ्यतालाई कोरोना महामारीपूर्व र पश्चात् भनेर विभाजित अर्थमा बुझ्ने बेला आएको हो ? विभिन्न कालखण्डमा अनेक अकल्पनीय घटना र परिघटनाले मानव सभ्यतालाई विचलित तुल्याउँदै आएको देखिन्छ । सिंगो सभ्यताको जग हल्लाउने सीमित कारकमध्ये कोरोनाको विश्वव्यापी महामारीलाई पनि लिन सकिन्छ । सन् २०१९ को उत्तराद्र्धमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस आज अधिकांश विश्वभर फैलिएको छ । इतिहासका कालखण्डलाई विश्लेषण गर्ने हो भने मानव सभ्यताको आदिदेखि नै विभिन्न महामारी तथा प्रकोपले मानवीय जीवनमा चुनौती खडा गरेका थिए । सायदै इतिहासको यस्तै समीक्षामार्फत माल्थसले आफ्नो जनसंख्या र अर्थव्यवस्थासम्बन्धी सिद्धान्त प्रतिपादन गरेका थिए । इतिहासको यो अनिवार्य सत्यले आजको विश्वलाई केही गम्भीर प्रश्नसहित शक्तिशाली प्रहार गरेको छ । अझ आजको दिनसम्म हेर्दा यसले आफूलाई शक्तिशाली तथा स्वास्थ्य क्षेत्रमा सम्पन्न भनिने राष्ट्रमाथि धावा बोलेको छ । के यो संयोग हो ? कि यसमा केही वैज्ञानिक सत्यता छ ? गम्भीर अनुसन्धानको विषय छ । तर, यतिचाहिँ सत्य हो कि प्रथम तथा द्वितीय विश्वयुद्ध जितेर आफूलाई विश्व शक्ति मान्ने राष्ट्रहरूको यो निरीहता, लाचारी र पीडादायी अवस्था देख्दा त युरोप र पश्चिमा देशहरूको सामथ्र्य त टल्कने बालुवाजस्तो रहेछ, न रस न गुदी । केबल फोस्रो सुन्दरता र बाह्य लेपन मात्रै पो हो कि भन्ने संशय जन्मिएको छ । तेस्रो विश्वका देश त कमजोर थिए र अहिले पनि छन् ।

यिनीहरूमा यसलाई रोक्ने सामथ्र्य नहुनु, पूर्वतयारी नहुनु केही हदसम्म स्वाभाविक छ तर, आफूलाई महाशक्ति राष्ट्र भनिने अमेरिका तथा युरोपको पनि त्यही अवस्था हुनु पक्कै पनि सुखद पक्ष हैन । चन्द्रमामा बस्ती बसाउने योजना बनाउने तथा मंगल ग्रहको यात्रामा व्यस्त हुने देशले यो मानवीय अस्तित्वमा प्रश्न उठाइरहेको कोरोनाको समाधान नदिई दिनदिनै हजारौंको संख्यामा मानव मर्नुपर्ने अवस्था दुःखद हो । त्यसैले, आजसम्म हामीले अपनाउँदै आइरहेको विकासको मोडलमा प्रश्न उठेको छ । यसले विद्यमान सभ्यता र विकासलाई अपूर्ण सिद्ध गरेको देखिन्छ । कोरोना भाइरसलाई चीनले एउटा निश्चित बिन्दुमा नियन्त्रण गर्न सक्नु तर युरोप र अमेरिकी समाज यसबाट अनपेक्षित आक्रान्त हुनुले अबको महाशक्ति राष्ट्र को ? भन्ने प्रश्नमा नै समीक्षा गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्छ । पश्चिमाहरूमा आफ्नो संस्कृति, सभ्यता, विकास र राज्यव्यवस्थाप्रति नै उदासीनता आउन सक्ने खतरा पनि देखिन्छ । दक्षिणपूर्वी एसिया तथा अफ्रिकाजस्ता सापेक्षित रूपमा गरिब तथा सभ्यताका दृष्टिले पछि परेका देशहरूमा सापेक्षिक रूपमा कोरोनाको प्रभाव कम देखिन्छ । यस पछाडिका कारक तत्वहरूको विस्तृत अनुसन्धान त हुने नै छ । तर पनि यहाँको जनजीवन, वंशानुगत विशेषता, वातावरणीय र पर्यावरणीय प्रभाव, आवादी, बजारको संकुचन र बाह्य संसारसँगको सम्बन्धलगायतका तत्वहरूले भूमिका खेलेको छ ।

कोरोना भाइरस चीनबाट फैलिएको हँुदा चीनसँगको जनस्तरको सम्बन्धले पनि यसको फैलावटमा महत्वपूर्ण भूमिका खेलेको छ । यस परिदृश्यमा नेपाल चीन सम्बन्धलाई नयाँ उपागमबाट विश्लेषण गर्नुपर्ने आवश्यकता छ । चीनबाट नेपालले भौतिक विकासमा मात्र नभएर स्वास्थ्यको पाटोलाई थप मजबुद बनाउन सहयोगको हात बढाउनुपर्ने देखिन्छ । एउटा अत्यन्त नजिकको मित्रराष्ट्र हुनुको नाताले चीनले नेपाललाई स्वास्थ्य क्षेत्रमा उदारता र तत्परतासहित सहयोग गर्छ र गर्नुपर्छ । कतिपय अफ्रिकी मुलुकलाई चीनले जुन ढंगले सहयोग गरेको छ, अबको चीनले दक्षिणपूर्वी एसियाली मुलुकलाई पनि सोही रूपमा सहयोग ग¥यो भने यसले सभ्यताको जग बलियो बनाइराख्न तथा विश्व व्यवस्थालाई नयाँ ढंगबाट नयाँ रूपमा स्थापित गर्न सहयोग गर्नेछ ।

विकासको सवालमा अब विश्वले पुनर्विचार गर्नुपर्ने देखिन्छ । भौतिक विकास, उदारवाद तथा बजारको स्वतन्त्रता एउटा महत्वपूर्ण पक्ष होला तर राज्यमा शक्तिको केन्द्रीकरण, जनअनुशासन, राज्यले जनताको गाँस, बास तथा कपासको अभिभावकत्वको भूमिकालाई मजबुद बनाउने प्रणालीको निर्माण गर्नुपर्छ । विपद् व्यवस्थापनको दरिलो आधार निर्माणका साथै स्वास्थ्य तथा शिक्षालाई राज्य केन्द्रित बनाउनु अपरिहार्य देखिन्छ । स्वास्थ्यको सवाल त अझ महत्वपूर्ण छ, किनकि स्वास्थ्यजन्य यस प्रकारका महामारीसँग जुध्ने सामथ्र्य कुनै पनि मुलुकमा त्यसबेला मात्र प्राप्त हुन्छ, जतिबेला स्वास्थ्यका सबै अवयव राज्यमा केन्द्रित हुन्छन् । जनस्वास्थ्य मानव सभ्यताको केन्द्रमा हुनुपर्ने अपरिहार्य आवश्यकता यस महामारीले सिकाएको महत्वपूर्ण पाठ हो । मानव जीवन नित्य छैन तर मानवीय सभ्यता, यसका धरोहर, मर्यादालाई भने निश्चित सापेक्षतामा अविछिन्न राख्न सकिन्छ र राख्ने प्रयास गर्नुपर्छ ।

मानव इतिहासमा यो समय भनेको सभ्यताको विनिर्माण गर्ने मोड हो । आजको समाज भिन्न छ । मानवीय प्राथमिकता र चिन्तन भिन्न छन् । ऐतिहासिक दृष्टिले हेर्ने हो भने सोभियत संघको पतनपश्चात् संयुक्त राज्य अमेरिकाको अभ्युदयले सञ्चार गरेको एकाधिकारलाई कोरोनाको महामारीले गम्भीर प्रहार गरेको छ । दोस्रो विश्वयुद्धपश्चात् विन्स्टन चर्चिलले एक अभिव्यक्तिमा तात्कालीन राजनीतिक धुव्रीकरणको विश्लेषण गर्दै विश्व जगत्मा फलामे पर्दा झरेको संज्ञा दिएका थिए । त्यसैगरी, आजको विश्व परिवेशमा कोरोना महामारी पाश्चात्य जगत् र जनवादी गणतन्त्र चीनको बीचमा एउटा फलामे पर्दाका रूपमा देखिएको छ ।

वैचारिक, राजनीतिक र सांस्कृतिक रूपमा फरक इतिहास भए तापनि कोरोना महामारीपूर्व यी दुई जगत्का बीचमा एक किसिमको अदृश्य, न्यूनतम प्रगाढता थियो तर अहिले त्यो सम्बन्धमा एउटा गहिरो खाडल देखिएको छ । किनकि चीनले कोरोनाको महामारी नियन्त्रणको कसीमा पश्चिमा जगत्लाई कमजोर आँकलन गर्न सक्नेछ भने अर्काेतर्फ पश्चिमा जगत्ले चीनलाई हेर्ने आफ्नो राष्ट्रिय नीतिमा एवं जनस्तरको सम्बन्धमा पनि प्रस्ट रूपमा निर्मम समीक्षा एवं संशोधन गर्न सक्नेछन् । चीनको जनवादी गणतान्त्रिक शासकीय प्रणाली र युरोप तथा अमेरिकाको आधारभूत प्रजातान्त्रिक मूल्य–मान्यताको जगमा कोरोना महामारी नियन्त्रणको सवालमा उक्त देशहरूले अख्तियार गरेको राज्य नीति र शासकीय स्वरूप कतिको सहायकसिद्ध भयो भन्ने प्रश्न अबको नयाँ अन्तरसंकथन बन्न सक्छ ।

मानव इतिहासका केही घटनाले राष्ट्रियता र सिंगो विश्वप्रतिको एउटा दृष्टिकोणमा आमूल परिवर्तन ल्याउँछन् । जसरी ९÷११ को घटनापछि अमेरिकाले मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण बदलियो । त्यसैगरी, यो महामारीपश्चात् युरोपेली तथा अमेरिकी संकथनमा चिनियाँ सभ्यता एवं संस्कृतिलाई खरो आलोचनात्मक दृष्टिले अथ्र्याइनेछ । साथै, जेनोफोबिक प्रवृत्ति उम्लिएर विश्वजगत्लाई आक्रान्त पार्ने नमीठो सम्भावना पनि बोकेको छ । कोरोनाको विश्वव्यापी महामारीले यसबाट सदीयौंदेखि रहिआएको सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध अब राजनीतिक धुव्रीकरणको आधारमा मात्र नभई जनस्तरको भावनाको प्रधानताबाट अभिप्रेरित हुने देखिन्छ । अब राष्ट्रहरूले आफ्नो विदेश नीति, कूटनीति र अध्यागमन कानुन इत्यादिमा यथेष्ट संशोधन, परिमार्जन एवं कतिपय नीतिको विसर्जनसमेत गर्नुपर्ने अवस्था आउन सक्छ ।

यस महामारीको प्रतिकारका लागि आज विश्वले विश्वस्तरकै नेतृत्व, समन्वय, सहकार्य र समग्र मानव संस्कृतिको आयाममा संशोधनको अपेक्षा गरेको छ । रिंगटा लाग्ने भूमण्डलीकरणलाई लकडाउन, सीमा प्रतिबन्ध, सामाजिक दूरी र क्वारेन्टाइनका अवधारणाले अवरुद्ध पारेका छन् । विश्वभित्र राष्ट्र, राष्ट्र«भित्र राज्य, राज्यभित्र समुदाय, समुदायभित्र परिवार र परिवारभित्र पनि व्यक्ति अलग्गिएर बस्नुपर्ने यो सन्त्रास मानवीय इतिहासमा नै भयानक देखिन्छ । विकासका नाममा हामीले प्रकृतिको जुन किसिमले निर्मम दोहन गरेका छौं, जुन दोहनले पारिस्थिक प्रणालीमा जुन किसिमको असन्तुलन कायम गरिरहेको छ, वातावरणीय परिवर्तनका कारण पृथ्वीको तापमा जुन किसिमको परिवर्तन आइरहेको छ, यसले पनि यस्ता महामारी र प्रकोप ल्याउन ठूलो भूमिका खेलेका छन् । त्यस्तै, हामीले अँगालिरहेका कतिपय परम्परा र संस्कृतिजन्य क्रियाकलाप छन, तिनीहरूको पनि वैज्ञानिकता खोज्नुपर्ने आवश्यकता देखिन्छ ।

फरक इतिहास, फरक भूगोल र फरक राष्ट्रियता भए पनि मानवको आधारभूत शारीरिक संरचना उस्तै हुन्छ । त्यसैले, मानवीय स्वास्थ्यजन्य आधारमा आधारभूत संस्कृतिजन्य क्रियाकलापको पनि विश्व मापदण्ड बनाउनु उपयुक्त हुने देखिन्छ । कतिपय विद्वान्ले संसद् गठन गरी सभ्य, सुन्दर र एउटै प्रणालीमा आबद्ध विश्वको निर्माण गर्नुपर्छ भन्ने आवाजसमेत उठाइरहेका छन् । तर, शक्ति सम्पन्न राष्ट्रको छायाले संयुक्त राष्ट्र संघको प्रभावकारितामा समेत प्रश्न उठिरहेको तथा बेलायत ईयूबाट छुट्टिएको यो सन्दर्भमा विश्व संसद्को अवधारणा यथार्थपरक बन्न नसक्ला तर विपद्जन्य घटना र स्वास्थ्यजन्य महामारीका सन्दर्भमा संयुक्त राष्ट्रसंघले शक्ति राष्ट्रको छायाभन्दा माथि उठेर अन्तर्राष्ट्रिय एकता कायम गरी निर्णायक र कठोर रूपमा कदम चाल्ने प्रणालीको निर्माण गर्नुपर्छ । यसले आगामी दिनमा आउन सक्ने यस्तै र यीभन्दा कठोर महामारीलाई नियन्त्रण गर्न सक्नुपर्छ अनि मात्रै मानवीय जीवन र मानवीय सभ्यताको यो निरन्तरतालाई हामीले नयाँ उचाइका साथ लान सक्छांै ।

अन्ततः सोभियत संघको विघटनपछि उदार पुँजीवादी अर्थराजनीति प्रयोग एक अर्थमा सफल देखियो । जसले गर्दा समग्र विश्वजगत्को संकथन पश्चिमेली विकास अवधारणाप्रति मोहित हुन पुग्यो । चीनले पनि समाजवाद तथा साम्यवादी अर्थ प्रणालीका कतिपय विशेषतालाई त्यागेर पुँजीवादी अर्थप्रणालीका कतिपय विशेषतालाई आत्मसात गर्न पुग्यो । तर, अहिलेको कोरोना महामारीले युरोप–अमेरिका केन्द्रित अर्थराजनीतिक प्रयोगलाई विनिर्माण गर्न पुगेको विश्लेषण हुन थालेको छ । मूलतः सांस्कृतिक क्षयीकरण एवं पूर्वीय र पश्चिमा विचार द्वन्द्वबाट नवविचारधाराको उद्बोधन हुने कुराको सञ्चार यस कोरोना अतिक्रमणले सुनिश्चित गर्ने देखिन्छ ।

अब आउने समयका सोपानले मानव सभ्यता एवं संस्कृतिको निर्मम संशोधन गर्दै बहुआयमिक चिन्तन एवं संकथनका कैयन बाछिटा बर्साउनेछन् । सबै बुझेर पनि नबुझेजस्तो, सबै लेखेर पनि नलेखेजस्तो यो अपार विचार विश्लेषण प्रक्रियाले आफंैले आफंैलाई विनिर्माण गर्दै अब आउने दिनमा संसारको मौलिक चिन्तन दृष्टि खुला रूपमा प्रस्तुत हुनेछन् । मानव जीवनका मूल्य–मान्यता यो कोरोना महामारीपश्चात् रूपान्तरित हुनेछन् । फलस्वरूप एक प्रकारको गहिरो सांस्कृतिक संक्रमणकाल निर्माण हुने देखिन्छ । राजनीतिक, धार्मिक तथा सांस्कृतिक अतिवादले निर्माण गरेका परम्परागत मूल्यको अन्त्य र विश्वव्यापी मानवीय मूल्यसहितको स्वास्थ्यबद्र्धक नवीन मूल्यको निर्माण नै कोरोना भाइरसले उत्पत्ति गरेको मानवीय सभ्यताको विनिर्माण हुनेछ ।

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा नै साझा सहकार्य र मेलमिलाप आजको आवश्यकता हो । त्यसो गर्न सकेमा मात्रै समग्र मानव समाजलाई चुनौती दिएको कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई परास्त गर्न सकिन्छ ।
00000

केही दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा भएको सार्कस्तरीय भिडियो कन्फरेन्समा कोरोनाविरुद्ध लड्नका लागि सार्क मुलुकले ऐक्यबद्धता जनाएका थिए । मोदीकै पहलमा कोरोना भाइरसविरुद्ध लड्नका लागि आपतकालीन कोषसमेत बनाइएको छ ।

(Visited 141 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

दुबईबाट रित्तै हात फर्किएका भन्छन्, ‘आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ’

भक्तपुर । राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो...

वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

हेटौँडा । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको...

भर्खरै

चार वर्षिय बालकको अपहरणपछि हत्या गरिएको आशंका

सप्तरी, राजविराज । सप्तरीको महादेवा गाउँपालिका २ अकबरपुरका ४ बर्षिया बालक सुजित यादवको अपहरण पश्चात हत्या गरिएको परिवारजनले दावी गरेका छन् । विहिबार दिउँसो...

नवलपुरको बालमैत्री नगरपालिकामै १६ बर्षीया सुत्केरीको मृत्यु

नपलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ बर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ । देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो । देवचुली नगरपालिका...

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा सुत्केरी भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । जेठ २३ गते डडेल्धुरा अस्पताल डडेल्धुरामा नवदुर्गा गाउपालिका वडा नं. ४...

बर्दियामा एकैदिन २८ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

बर्दिया । बर्दियामा शनिबार एकै पटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना...

धेरै पढिएका

चार वर्षिय बालकको अपहरणपछि हत्या गरिएको आशंका

सप्तरी, राजविराज । सप्तरीको महादेवा गाउँपालिका २ अकबरपुरका ४ बर्षिया बालक सुजित यादवको अपहरण पश्चात हत्या गरिएको परिवारजनले दावी गरेका छन् । विहिबार दिउँसो...

नवलपुरको बालमैत्री नगरपालिकामै १६ बर्षीया सुत्केरीको मृत्यु

नपलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ बर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ । देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो । देवचुली नगरपालिका...

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा सुत्केरी भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । जेठ २३ गते डडेल्धुरा अस्पताल डडेल्धुरामा नवदुर्गा गाउपालिका वडा नं. ४...

बर्दियामा एकैदिन २८ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

बर्दिया । बर्दियामा शनिबार एकै पटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना...

ई-पेपर

(Visited 35 times, 1 visits today)