लक डाउन उल्लंघन गर्ने २४ जनालाई क्वारेनटाइनमा

सिन्धुपाल्चोक । लक डाउनको समयमा यात्रु ओसार्ने तिन वटा सवारी साधनलाई गए राती सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौबाट बाह्रविसे ,भोटेकोशी लगायतका स्थानमा जादै गरेको तिनवटा बोलेरोमा सवारी २४ यात्रुलाई बन्देउ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यात्रुहरुलाई सुनकोशी गाउँपालिका ७ मा ग्रामीण महिला सिर्जनशिल परिवारको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ भने बोलेरोको चालकहरु विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

तिन वटा बोलेरोमा आएका २४ यात्रीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखीएको उनले बताए । चालक र बोलोरोलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी भएको छ, जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले भने । लक डाउन सुरु भएपछि सवारी साधन र चालक विरुद्ध जिल्ला प्रहरीले मुद्दा नै चलाउन लागेको भने यो पहिलो पटक हो ।

भक्तपुर र काभ्रे प्रहरीले बोलेरोमा सवारहरुलाई छाडेपनि रातीको समयमा लक डाउन उल्लंघन गर्नेहरुको संख्या बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिनु परेको डीएसपी काफ्लेले जानकारी दिए । लक डाउनको समयमा भक्तपुर र काभ्रेले खुकुलु गरिदिदाँ सिन्धुपाल्चोकमा समस्या भइरहेको सुरक्षाकर्मीहरुले गुनासो गरेका छन् ।

हामीले जिल्लामा त कडाइ गरेका छौ, तर दुइ जिल्लाले सहजै छाडिदिदा यता समस्या भएको छ सुरक्षाकर्मीहरुले गुनासो गरे । दुवै जिल्लाका सुरक्षाकर्मीहरुलाई सवारी साधन नछाड्न अनुरोध गरेपनि वास्ता नगर्दा सिन्धुपाल्चोकमा समस्या भएको सुरक्षाकर्मीहरुको भनाई छ ।

यात्रुवसमा आउँदै गरेका अन्य यात्रुहरु भने बन्देउ प्रहरीले नियन्त्रणमा लिएको सूचना पाएपछि बिचबाटै फरार भएपनि बस भने नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । काभ्रे र सिन्धुको सीमा बन्देउमा प्रहरीले बुधबार देखि निकै कडा गरेको छ । लक डाउनको समयमा राती राती सवारी साधनहरुमा यात्रुहरु ओसार्ने क्रम बढेको सर्वसाधरण र स्थानीय तहबाट पनि गुनासो आएपछि कडाई गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए ।

घर बाहिर निस्कनेलाई हात धुन सिकाएर छाडियो

सदरमुकाम चौतारा लगायतका अन्य क्षेत्रमा लकडाउनको समयमा घर बाहिर निस्कने सयौलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएर हात धुन सिकाएर पठाएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले हात धुन सिकाएर छाडेको छ, फेरी पनि त्यस्तै भए हामी कडा एक्सनमा उत्रन्छौ डीएसपी काफ्लेले भने ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ