भारतबाट दैलेखमा १ हजार ४ सय ६२ जना भित्रिए

भारतबाट दैलेखमा १ हजार ४ सय ६२ जना भित्रिए

दैलेख । विश्वभरि कोरानाको संक्रमण फैलिएपछि भारत वा तेस्रो मुलुकबाट दैलेखमा १ हजार ४६२ जना भित्रिएका छन् । संक्रमण हुने त्रासले ती व्याक्ति भारत लगायत तेस्रो मुलुकबाट जिल्लामा आएका हुन् ।

जिल्लामा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं –२ को आठविस नगरपालिकामा ३७३ जना, दुल्लू नगरपालिकामा २२० जना, चामुण्डा विन्द्रासैनी नगरपालिकामा ११३ जना, भैरवी गाउँपालिकामा ६८ जना, ठाटीकाँध गाउँपालिकामा १५७ जना विदेशबाट गाउँमा आएका छन् ।

त्यसैगरि निर्वाचन क्षेत्रनम्बर–१ को नारायण नगरपालिकामा १५९ जना, गुराँस गाउँपालिकामा १२१ जना, डुङ्गेशवर गाउँपालिकामा ४७ जना, भगवतीमाई गाउँपालिकामा ८४ जना, नौमुले गाउँपालिका ७० जना, महाबु गाउँपालिकामा ५० जना भित्रिएको जिल्ला विपद समितिले जनाएको छ ।

गएको विहिवार ठाटीकाँध गाउँपालिका ६ मा बनाईएको क्वारेन्टाईन वेड । तस्वीर ः भक्तबहादुर शाही÷दैलेख

दुई सय ३६ जना क्वारेन्टाईनमा ,स्थानीय त्रसित
जिल्लाका ११ वटै गाउँ÷नगरपालिकामा विदेशबाट गाउँमा आएका १ हजार ४६२ जना मध्ये २३६ जना मात्र क्वारेन्टाईनमा बसेका छन भने १ हजार २२६ जना जहानपरिवार सँग बस्ने गरेका छन् । विदेशबाट आएका मानिस गाउँमा खुल्ला हिडडुल गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका हुन् ।

गाउँमा आएका कोही व्यक्ति कोरोना भाईरसबाट संक्रमण छ भने भयावह स्थित आउन सक्ने ठाटीकाँध गाउँपालिकाका शिक्षक गणेशबहादुर विकले बताए । उनले भने, “विदेशबाट फर्किएकामा संक्रमण छैन भने धेरै राम्रो भयो । यदी कोही व्याक्तिलाई संक्रमण छ भने गाउँ नै महामारीको सिकार बन्छ । गाउँपालिकाको वेवास्ताले गर्दा ठाटीकाँध वडा नं –६ मा विहिवार मात्र ५ वटा क्वारेन्टाईन वेड बनाईएको छ । पहिले नै भारत वा तेस्रो मुलुकबाट आएका गाउभरि छन । महामारी फैलियो भने गाउँपालिकाका लापरवाही फैलिन्छ,।”

तर चामुण्डा विन्द्रासैनी नगरपालिकाले भने भारत वा तेस्रो मुलुकबाट गाउँमा आएका ११३ जनालाई क्वारेन्टाईन राखेर कोभिड–१९ संक्रमण फैलिन नदिनको लागि नगरपालिका पुरै लकडाउन गरेको चामुण्डा विन्द्रासैनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तिलक विकले जानकारी दिए । ‘हाम्रो नगरपालिकाले नाकामा अलपत्र रहेका नागरिकलाई उद्दार गरि सबैलाई क्वारेन्टाईनमा राखेको छ । गाउँमा मानिसले पनि सुरक्षित महसुस गरेका छन् । यो विदेशबाट नगरपालिकामा आएको शतप्रतिशत संख्या हो’, विकले भने ।

आठविस नगरपालिकाले ३७३ जना मध्ये ८२ जना, दुल्लू नगरपालिकाले २२० जनामध्ये २० जना, महाबु गाउँपालिका ५० जना मध्ये २१ जनालाई क्वारेन्टाईन राखेको जिल्ला प्रशासन दैलेखले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ । जिल्लामा ७०९ क्वारेन्टाईन वेड छन् भने, ७४ वटा आईसोलेन वेड तयार गरिएको छ । स्वास्थ्यकर्मी व्याक्तिगत सुरक्षा उपकरण (पीपीई) १३७ सेट रहेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

मापदण्ड पुरा नगरि घरमा पठाईयो

दैलेखको महाबुगाउँपालिका क्वारेन्टाईन र कोरोना सम्बन्धी मापदण्ड पुरा नगरि विहिवार २१ जनालाई घरमा पठाएको छ । भारतबाट नआई नेपालकै अर्को जिल्लामा काम गरी घर फर्केका २१ जनालाई २ दिन क्वारेन्टाईनमा राखि घर पठाएको हो

क्वारेन्टाईनमा कम्तीमा १४ दिन निगरानीमा राख्नु पर्ने सरकारी तथा कोरोना सम्बन्धी मापदण्ड भएपनि महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले त्यसको वेवास्ता गर्दे क्वारेन्टाईनमा रहेका २१ जनलाई घरमा पठाएको स्वीकार गरे । उनले भने, ‘क्वारेन्टाईनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्ला बाट आएको हुँदा घरमा पठाइएको हो । ’

क्वारेन्टाईनमा राखिएका व्यक्तिहरूलाई कम्तीमा १४ दिन राखी चेक जाँच पछि मात्र घरमा जान योग्य हुने मापदण्ड बनाएको छ । महाबुगाउँपालिकामा ५० जना भारत आएका मानिस होम क्वारेन्टाईनमा बसिरहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरि सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले भने, गाउँपालिकाका अध्यक्ष अटेरी हुनुहुन्छ । “भनेको पनि मान्नु हुदैन । समयमा विवरण पनि पठाउनु हुन्न । किन घरमा पठाएको भन्दा गाउँपालिका प्रमुखले आफ्नै देशबाट आएकाले घरमा पठाएको जवाफ दिनुभयो” उनले भने । क्वारेन्टाईनमा राखिएका व्याक्ति मापदण्ड पुरा नगरि घरमा पठाएपछि स्थानीयबासी त्रसित बनेका छन् । विदेशबाट आएकालाई खोजी गरेर क्वारेन्टाईनमा राख्नुपर्ने ठाउँमा राखिएका लाई नै घर पठाउनु गाउँपालिकाले गल्ती गरेको स्थानीय शिक्षक जंग बहादुर थापाले बताए । ‘हामीलाई नै थाहा छ । भारत बाट आएका दाजुभाइहरू खुल्ला हिडिरहेका छन् । आजको सानो गल्ती भोली महामारी हुने सम्भावना रहन्छ,’थापाले भने ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो