एनएसएल: पोखराले चितवनलाई १-० ले हरायो

काठमाडौं । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गरेको छ । पोखराले एफसी चितवनलाई १- ० गोल अन्तरले पराजित गरेको हो । 

पोखराको जितमा खेलको ७२औं मिनेटमा मोसेस ग्याबा त्वामले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितसँगै पोखराले विजयी शुरुवात गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । लिग अन्तर्गत आजै अर्को खेल बुटवल लुम्बिनी एफएसी र ललितपुर सिटी एफसीबीच हुने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

विपदमा कुन मन्त्रालयको तयारी के छ ? सरकार भन्छ : उच्च सतर्कता अपनाइएको छ