सित्तैमा १०० रिचार्ज

काठमाडौं । दोस्रो सातामा लकडाउन चलिरहेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । विश्वव्यापी कोरोना भाइरसबाट जोगिनका लागि सबै लडिरहको बेला समाजमा केही राम्रा कामहरु समेत भएका छन् जसले यो अप्ठेरो अवस्थालाई थोरै भएपनि सहयोग गरेको छ । कतिपयले सडकमा खटिएका सुरक्षाकर्मीलाई पानी, मास्क, खाद्यान्नको व्यवस्था गरेको समाचारहरु आइरहेको छ ।

त्यसरीनै हामी उठ्नेछौं (वी वील राइज) फाउण्डेसनले पनि सह्रानीय काम गरिरहेको छ । यदि तपाइको मोबाइलमा ब्यालेन्स सकिएर रिचार्ज गर्न सक्नुभइरहेको छैन भने तपाइले आफ्नो मोबाइलबाट यी दुई नम्बरहरुमा ९८४१२८७१९८(एनटीसी) र ९८१३२०७४८७ (एनसेल) मा आफ्नो अवस्था जनाई एसएमएस गर्नहोस र आफ्नो मोबाइलमा तुरुन्तै रिचार्ज प्राप्त गर्नुहोस ।

‘लकडाउनले गर्दा अहिले जहाँतही ब्यालेन्स गर्न नसकिने, रिचार्ड कार्ड किन्न नसकिने यो बेला हामीले थोरै भएपनि सहयोग होस् भनेर यो काम थालेका हौं । कुरा गर्न नपाएर संकटमा परेकाहरुले कुरा गर्न पाओस भनी हामीले हाम्रो वेभसाइट www.wwrf.org.np मार्फत सहयोग गर्ने घोषणा गरेका हौं । सुरुमा ५०० जनालाई यो सेवा दिइने र पछि आवश्यकता अनुसार थप हुन सक्ने छ’ श्रेष्ठले भन्नुभयो ।

अहिले नेपाल टेलिकमले मोबाइलमा जति ब्यालेन्स गर्र्यो, त्यति नै बोनस थप्दै आएको छ । जसअनुसार फाउण्डेसनले एक जनालाई रिचार्ज गर्दा २०० जम्मा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?