अस्पताल पुग्ने निःशुल्क सेवा चाहिए सुभासलाई फोन गर्नुस् !

काठमाडौं । लकडाउनमा अत्यावश्यक सेवा सुचारु हुनुपर्छ । अत्यावश्यक सेवा के हो भन्ने कुरा कानुनले व्याख्या गरेको छ । त्यो व्याख्यामा स्वास्थ्य सेवा पनि पर्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेको छ । यो लकडाउनको दुरुपयोग गर्दै निजी अस्पतालहरुले गेटमै साँचो लगाएका छन् भने एम्बुलेन्स ग्यारेजमा थन्काइएका छन् ।

यो संकटको अवस्थामा कोही मान्छे विरामी प¥यो अथवा तुरुन्तै अस्पताल जानुपर्ने भयो भने लकडाउनमा यातायातको साधन नपाइनु स्वभाविक हो, तर राज्यबाट सुविधा लिएर सञ्चालनमा आएका एम्बुलेसन्सले समेत अहिलेको परिस्थितिमा फोन उठाउँदैनन् ।

तर समाजमा त्यस्ता व्यक्ति पनि हुन्छन्, जो अरुलाई अप्ठ्यारो प¥यो भने सहयोग गर्न पाइँन्छ कि भनेर फोन नम्बर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । त्यस्तैमध्येका एक हुन्– बुढानीलकण्ठका सुभास श्रेष्ठ ।

उनी कोराना संक्रमित विरामी बोक्दैनन, त्यसबाहेक अस्पताल पुगेर डाइलसिस गर्नुपर्ने, प्रसुति सेवा लिने, दुर्घटना भए अथवा उपचारका लागि तुरुन्तै अस्पताल जानुपर्ने जोकोहीले सुभासलाई फोन गरे यातायातको सुविधा पाइन्छ ।

उनी एक्लै यो सेवा दिइरहेका छैनन्, उनको निजी गाडी र कार्यालयको गरी चारवटा गाडी सेवामा काठमाडौं, ललितपुर र भक्तपुरमा दौडिरहेका हुन्छन् । उनको गाडीले विरामीलाई अस्पतालमा छोड्छ, अस्पतालबाट कुनै यात्रु बोक्दैनन, बरु त्यहाँ उपचारपछि घर जान नपाएका विरामीहरु छन् भने उनीहरुले घरसम्म पुग्ने सेवा पाउँछन् ।

उनले हिजो बिहीबारसम्म २ सय ९३ जनालाई उनले सेवा दिइसकेका छन् । दैनिक १५ हजार रुपैयाको पेट्रोल खर्च हुन्छ, तर सेवाग्राहीसँग उनी एक पैसा लिँदैनन् ।

आफ्नो पैसा खर्च गरेर यो सेवा किन ? भन्ने राजधानीको प्रश्नमा सुभासले भने, लकडाउनका (त्यसबेला कफ्यु) बेला मान्छेको समस्या मैले बुझेको छु । २०५८ सालमा मेरी आमालाई यस्तै समस्या परेको थियो, अस्पताल जान कसैले सहयोग गरेन । त्यसबेलाको दुःख र पीडा मैले नजिकबाट महसुस गरेको छु । त्यस्तो पीडा कसैलाई नपरोस् भनेर मैले आफ्नो साधन प्रयोग गरेर अस्पतालसम्म पु-याउने सेवा उपलब्ध गराएको हुँ ।

नेपाली समाजलाई निःशुल्क सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त भएको सुभास बताउँछन् । यद्यपि सेवा गर्ने अवसरमा राज्य नै कहिलेकाहिँ बाधक बन्दा दुःख लागेको उनले बताए । बुढानीलकण्ठ नगरपालिकाले बनाइ दिएको एउटा पत्रका आधारमा उनले दुईसाता भन्दा बढी सेवा दिए । पछिल्लो पटक उनले काठमाडौं जिल्ला प्रशासनबाट पास लिएपछि सुभासको सेवा निर्धक्क सुचार छ ।

विरामीलाई अस्पताल पु¥याउने मात्र होइन, अस्पतालमा कुरुवा बसेकालाई खानासमेत उपलब्ध गराउँछन् उनी । लकडाउनका बेला किनेर खान पाइँदैन, यो बेलामा विरामी कुरुवासमेत मर्कामा परेका छन् । त्यसैले उनीहरु खाना उपलब्ध गराएका हुँ, सुभासले भने ।

अस्पताल जानुपर्ने भयो, एम्बुलेन्सले फोन उठाएन भने सुभासको मोबाइल नम्बर ९८५१०२०३३८ मा फोन गरे तपाईंको तत्काललाई समस्या समाधान हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?