राजविराज । वैदेशिक रोजगार ठगीमा परी मुद्दा लड्दै आएका एक कानून व्यवसायीले नै अदालतको आदेश हुँदा समेत न्याय पाउँन सकेका छैन ।
९ वर्षदेखि न्याय नपाउँदा कानून व्यवसायी आफै हैरान
९ वर्ष अघि वैदेशिक रोजगार कसुर सम्बन्धि ठगी मुद्दामा तत्कालिन पुनरावेदन अदालत पाटनले आफ्नो पक्षमा आदेश गरि दिएपनि सम्बन्धित निकायले अदालतको उक्त आदेश अहिलेसम्म कार्यान्वयन नगर्दा राजविराज नगरपालिका ६ निवासी अधिवक्ता विजय कुमार झा न्याय पाउनबाट बञ्चित भएका हुन् । साविक सप्तरीको कल्याणपुर ६ (हाल खडक नगरपालिका) बस्ने कर्मचन्द्र चौधरीले आफु वैदेशिक रोजगारमा पठाउने एजेन्ट रहेको विश्वास दिलाउँदै झा सित २०६६ बैशाख २ गते मलेशिया पठाउने शर्तमा १ लाख ३५ हजार रुपैयाँ लिएका थिए ।
चौधरीको विश्वासमा परि ऋण सापटी खोजेर सो रकम बुझाई मलेशिया पुगेका झा भने त्यहाँ काम नपाई अलपत्र परे । काम गर्ने भनिएको कम्पनीले चौधरी वा तिनको कम्पनीसँग कुनै सम्झौता नभएको भन्दै काममा लगाउन इन्कार गरेपछि झा मलेशियामा अलपत्र परे । मलेशियामा आफु अलपत्र परेको ’bout जानकरी गराएपछि परिवारजनको सहयोगमा घर फर्केका झाले चौधरी विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिए ।
२०६७ साल जेष्ठ २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा चौधरी समेतलाई राखी भएको छलफलमा चौधरीले केही कागजी प्रक्रिया नपुगेको र त्रुटिवस त्यस्तो हुन गएको स्वीकार गर्दै थप ९५ हजार रुपैयाँ दिए । सोही कम्पनीमा काम गर्न पुनः पठाइदिने मौखिक र लिखित सहमति गरेको झाको भनाइ छ ।
प्रहरीकै रोहवरमा सहमति भएपछि विश्वस्त भई चौधरीलाई थप ९५ हजार रुपैयाँ बुझाएको झाको कथन छ । तर थप रकम दिदा पनि वैदेशिक रोजगारीमा पठाउन चौधरीले आलटाल गर्दै गएपछि आफु न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेको झाले बताए । प्रहरीले २०६८ साल कार्तिक ८ गते चौधरीलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउदै जिल्ला सरकारी वकिल कार्यालय मार्फत ठगी शिर्षकमा मुद्दा पनि अघि बढायो ।
प्रतिवादी चौधरीको बयान र कागजातका आधारमा वैदेशिक रोजगार ऐन अन्तरगत उक्त मुदा वैदेशिक रोजगार विभाग तिनकुने काठमाडौ पुग्यो । त्यसपछि न्याय खोज्न झाको काठमाडौ दौडाहा शुरु भयो । दर्जनौ पटक काठमाडौं पुगेर वैदेशिक रोजगार विभाग तिनकुनेको चक्कर लगाउने गरेका झा त्यहाँबाट पनि न्याय पाउन ढिलाई र आलटाल हुन थालेपछि न्यायका लागि पुनरावेदन अदालत पाटनको शरणमा पुगे । वैदेशिक रोजगार विभागलाई विपक्षी बनाई झाद्वारा दायर गरिएको परमादेश मुद्दामा २०७१ साल चैत्र ११ गते पुनरावेदन अदालत पाटनका न्यायाधिश पुष्पराज कोइराला र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनुवाई गर्दै झाको पक्षमा आदेश जारी ग¥यो ।
अदालतद्धारा वैदेशिक रोजगार विभाग तिनकुनेको नाममा जारी परमादेशमा प्रस्तुत मुद्दामा अनुसन्धान तहकिकात सम्बन्धि कारवाहीमा लामो समयसम्म अनुचित विलम्ब गरेको कार्यबाट पिडितले छिटो छरितो न्याय प्राप्त गर्ने हकमा प्रतिकुल असर पर्न जाने हुँदा निवेदकको माग बमोजिम यथाशिघ्र कारवाही गर्नु÷गराउनु भनि उल्लेख छ ।
तर अदालतको गरेको आदेशको ९ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा आफु न्याय पाउनुबाट बञ्चित रहेको र न्यायका लागि पटक पटक काठमाडौं धाउन बाध्य भएको पिडित झाको दुखेसो छ । अदालतको आदेश बोकेर वैदेशिक रोजगार विभाग जाँदा कहिले मुद्दा फाँटमा कर्मचारी छैन, कहिले फाँटका कर्मचारी सरुवा भो, त कहिले अनुसन्धान भइरहेको छ भन्दै फर्काइ दिने गरेको झाले पिडा सुनाए । उनले वैदेशिक रोजगार विभागले उक्त मुद्दा वैदेशिक रोजगार न्यायधिकरणमा दर्ता गराउनुपर्नेमा सो नगरी आफुलाई अनावश्यक दुख दिइरहेको पिडा समेत पोखे ।
‘कुनै पनि सरकारीवादी फौजदारी मुदामा अनुसन्धानको पनि हद म्याद हुन्छ, स्थानीय कानून व्यवसायीहरु भन्छन्– तर ९÷९ वर्षसम्म अनुसन्धानै हुनु अचम्मको कुरा हो ।’
पीडितहरुको पक्षमा वकालत गर्ने एउटा कानून व्यवसायीले त यहाँ न्याय पाउँन ९–९ वर्ष कुर्नू परेको छ भने आम नागरिकको हाल के होला ?स्थानीय कानून व्यवसायीहरुको जिज्ञासा रहेको छ






