ताप्लेजुङसँग हिमालयन शेर्पा स्तब्ध

पाँचथर । फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवसँग ए डिविजन क्लव हिमालयन शेर्पा ४–३ गोलले स्तब्ध बनेको छ ।

फिदिम खेलमैदानमा मंगबार भएको खेलमा ताप्लेजुङले सुरुवाती अग्रता बनाएको थियो । सुरुवाती तेस्रो मिनेटमै मनजीत येङदेनले हिमालयन शेर्पा क्ल्वका गोलकिपर कृषल मोक्तान बिट भएको अवस्थामा सुन्दर गोल गर्दैै ताप्लेजुङलाई अग्रता दिएका थिए । पहिलो हाफको २० औं मिनेटमा विदेशी खेलाडी ओस्कारले बराबरी गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काए । तर ३९ औं मिनेटमा प्रबिन जबेगुको गोलसँगै पहिलो हाफमा ताप्लेजुङले २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो । ५० औं मिनेटमा वशन्त ओझाले गोल गर्दा हिमालयन शेर्पा खेलमा फर्किएको हो । ताप्लेजुङका दिपेश लिम्बूले ६१ औं मिनेटमा गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए । तर, ६८ औं मिनेटमा आत्मघाती गोल उपहार पाउँदा हिमालयन शेर्पा पुनः खेलमा फर्कियो । अत्यन्तै प्रतिश्पर्धात्मक खेलको ७७ औं मिनेटमा प्रबिन जबेगुले व्यक्तिगत दोस्रो गोल गर्दै ताप्लेजुङलाई ४–३ को जीत दिलाए ।

खेलको म्यान अफ् दि म्याच कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङका गोलकिपर आकाश लिम्बू बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे । ओस्कार र फोफोन इब्राहिम दुई विदेश खेलाडि सहित मैदान उत्रिएको गत सिजनको ए डिविजन लिगमा ११ औं स्थानमा रहन सफल हिमालयन शेर्पाको सुखद सुरुवात गर्दै प्रतियोगितामा उपाधी चुम्ने सपना अधुरो रह्यो ।

यो सँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पूरा भएको छ । कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङले अब फाइन प्रवेशका लागि मंसिर २१ गते झापाको बिर्तामोड युनाइटेडसँग खेल्नेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल भने बुधबार आयोजक पाँचथर फुटवल क्लव र डाँगिहाट फुटवल क्लव मोरङबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु