देशको अर्थतन्त्र तहस नहस बनाउने सरकार आफै ढल्नेछ: अध्यक्ष ओली

दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले देशको अर्थतन्त्र तहस नहस बनाएको आरोप लगाएका छन । उनले कर्मचारीले समयमा तलब नपाउनेसम्मको अवस्थामा देशलाई पुराएको ठोकुवा गरेका छन ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्राका क्रममा जिल्ला सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यात्रासंगै नागरिकलाई कसरी विकाससँग जोड्ने र कसरी समृद्धि ल्याउने भन्ने योजना बनाउन सुरू गरेको प्रष्ट्याए ।

उनले भने एमालेले गाउँमै रोजगार सिर्जना गर्न युवा लक्ष्यित कार्यक्रमका निमित पनि संकल्प यात्रा गरिरहेका छौ। ओलीले भन्छन ूएमाले नेतृत्वको सरकारले विकासका धेरै काम प्रारम्भको पनि वर्तमान सरकारको ध्यान विकास तर्फ जान नसकेको छैन ।

नेकपा एमालेको लक्ष सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताए । देशले अब यो सरकारको गतिविधि थेग्न नसक्ने बताउदै ओलीले भने‘यो सरकार कसैले ढाल्ने नपर्ने, आफैँ ढल्ने स्थितिमा पुगेको छ।

ओलीले गठबन्धन कै कारण शान्ति प्रक्रिया टुङ्गिएको छैन । एमाले पीडितको न्यायको पक्षमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा रहेको ओलीको प्रष्टपारे ।यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएकोले एमालेको मनोबल उच्च रहेको बताए । ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली समृद्धिको लागि संकल्प यात्रामा रहेको नेकपा एमाले दोलखाका संयोजक नरबहादुर श्रेष्ठले बताए।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

देशको अवस्था, पार्टीको गतिविधि, नेपाली जनताको समस्या, मुलुकको भौगोलिक अवस्थिति’bout जानकारी राख्ने उद्देश्यले मुख्यतः निर्माणाधीन मध्यपहाडी लोकमार्ग हुँदै अघि बढेको एमालेको यो अभियानको छुट्टै महत्व रहेको पोलिष्टब्युरो सदस्य पार्वत गुरूङले जानकारी दिए। उनले भने अभियानको नारा ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ राखिएको छ ।

अध्यक्ष ओली खरिढुंगामा खाना खाई चर्नावतीमा भेटघाट गरि सदरमुकाम चरिकोटको कुवेर होटल अगाडिबाट बिभिन्न सांस्कृतिक झाँकीको अवलोकन गरि सातदोबाटोमा आयोजित जनसभामा सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?