बहराइनमा एउटै क्याम्पमा बसेका ९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । बहराइनमा एकैपटक ९ नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।
ती ९ जना नेपाली एउटै क्याम्पमा बस्दै आएका थिए । बहराइनस्थित नेपाली दूतावासका अनुसार ती कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको हो । क्याम्पमा कति नेपाली बस्छन् खुलेको छैन ।
बहराइनमा शुक्रबारसम्म २ सय ८६ संक्रमितको उपचार भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?