धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने

धनगढी । कैलालीको धनगढीमा ‘अत्याधुनिक बसपार्क’ बन्ने भएको छ । बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

अत्याधुनिक बसपार्क निर्माणका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कालिकानगरमा प्रस्तावित बसपार्कको डीपीआर तयार पारिएको हो ।

प्रस्ताव गरिएको बसपार्क नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा निर्माण गरिने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।

कालिकानगरमा रहेको राष्ट्रिय वन क्षेत्रको ४ दशमलव ९ हेक्टर क्षेत्रफलमा बसपार्क बनाउने प्रस्ताव गरिएको छ । बसपार्क निर्माणका लागि प्रस्ताव गरिएको क्षेत्र नदीले छोडेको बगर हो ।

अत्याधुनिक बसपार्क निर्माणका लागि ११६ करोड लागत अनुमान गरिएको छ । तर खर्च घटाउन डीपीआर करेक्सन गर्ने’bout छलफल भइरहेको वडा नम्बरका वडा अध्यक्ष राजबहादुर ऐरले बताए ।

यही पुस १५ गतेसम्म करेक्सन गरेर डीपीआरलाई फाइनल गर्ने र जग्गा प्राप्तीका लागि फाइल अगाडि बढाउने धनगढी उपमहानगरपालिकाले जनाएको छ । प्रस्तावित बसपार्कको प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) का लागि टोली खटिसकेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा