काठमाडौं । नेपाली कलाको सबैभन्दा ठुलो महोत्सब ‘काठमाडौँ ट्रिएनाले’को तयारीमा आफुहरु जुटेको आयोजक पक्षले जनाएको छ । आयोजक सिद्धार्थ फाउन्डेसनका अनुसार यो कला महोत्सबमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान पनि जोडिएको छ ।
‘काठमाडौँ ट्रिएनाले’ संयुक्त रुपमा आयोजना गर्न सो प्रतिष्ठानको तर्फबाट सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनको तर्फबाट निर्देशक संगीता थापाले हिजो बुधबार काठमाडौंमा एक समारोहबीच हस्ताक्षर गरेका छन् ।
महोत्सबलाई निरन्तरता दिने गरी आगामी दिनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्घार्थ आटर््स फाउन्डेसनको संयुुक्त आयोजनामा कला महोत्सवका रूपमा काठमाडौँ ट्रिएनाले २०८२ को संस्करण र त्यसपछि हुने विभिन्न संस्करणहरू संयुक्त रूपमा आयोजना गर्ने सम्बन्धमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्घार्थ आटर््स फाउन्डेसनबिच यस समझदारी–पत्रमा हस्ताक्षर गरिएको आयोजक पक्षले कार्यक्रममा जानकारी गराए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सम्झौता गरेपछि निर्देशक थापाले भनिन्,‘नेपाली कलालाई विश्वसामु चिनाउने, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूबिच कलासम्बन्धी विचारको आदान–प्रदान गर्ने÷गराउने र कलामार्फत पर्यटन प्रवर्धनमा टेवा पुु¥याउने उद्देश्यका साथ कला महोत्सवका रूपमा यो आयोजना हुुँदै आएको छ । काठमाडौँ ट्रिएनालेलाई अझ फरक र पृथक् रूपमा अघि बढाउनका लागि प्रतिष्ठानसँगको सहकार्यले ठुलो मद्धत पुग्ने छ ।’ यससँगै ‘काठमाडौँ ट्रिएनाले’ अब प्रतिष्ठान र फाउन्डेसनको संयुक्त कार्यक्रम हुने पनि थापाले बताइन् ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले भने, ‘प्रतिष्ठानसँग सहकार्य गर्न उहाँहरूले हार्दिक सद्भाव लिएर उहाँहरूले उत्सुकता जनाउनुभयो । हामीलाई पनि यो आवश्यकता थियो ।’ उनले अगाडि थपे, ‘राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो पहिचान, पहुँच र पहलका लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले, नेपाली कलालाई विश्वस्रतमा पु¥याउने लक्ष्य राखेर प्रतिष्ठानले काठमाडौं ट्रिएनाले गर्न लागिएको बताए । उनले नेपाली कलालाई जनस्तरसम्म पु¥याउने गरी काम अगाडि बढाउने पनि बताए ।
समझदारी पत्रमा उल्लेख गरिएअनुसार ट्रिएनालेको प्रत्येक संस्करणमा नेपाली कलाको इतिहास र अग्रज नेपाली कलाकारहरूको योगदान झल्किने विशेष प्रदर्शनीको आयोजना गरिने छ । नेपालका विभिन्न कला क्याम्पस एवम् कला संस्थाहरूसँगको सहयोग, समन्वय र साझेदारीमा विद्यार्थी ट्रिएनालेको समेत आयोजना गरिने छ । काठमाडौँ ट्रिएनालेको मुख्य कार्यक्रम काठमाडौँमा गरिने छ र काठमाडौँबाहिर (नेपालभर) का अन्य स्थानमा स्याटेलाइट इभेन्टका रूपमा कार्यक्रम सञ्चालन गरिने पनि कार्यक्रममा जानकारी गराईयो ।
पत्रकार सम्मेलनमा सहप्राध्यापक सुजन चित्रकारले ‘काठमाडौँ ट्रियनाले’को विगतदेखि वर्तमानसम्मका विविध पक्षको ’bout चर्चा गरे । प्रतिष्ठानसँग सहकार्य गरेर आगामी दिनमा कार्यक्रम गर्दा त्यसले नेपाली कलाको क्षेत्रमा पार्ने सकारात्मक प्रभाव र चुनौती’bout पनि उनले प्रकाश पारे । कार्यक्रममा उपकुलपति लालकाजी लामाले योे गौरवपूर्ण ट्रियनालेलाई अझ गौरवपूर्ण बनाउनको लागि दुई संस्थाको सहकार्य सार्थक हुने बताए ।






