विद्युत सर्ट भएर गाई फर्ममा आगलागी


रौतहट । रौतहटको एउटा गाई फर्ममा आगलागी हुदा लाखौको क्षति भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रहेको काशी गाई फर्ममा शनिबार बिहान आगलागी हुदा करिब ९ लाख बराबरको क्षति भएको हो । बिद्युत सर्ट हुदा गाई फर्ममा आगलागी भएको फर्मका संचालक नबराज उप्रेतीले जानकारी दिए ।

आगलागीबाट एउटा घर पुरै जलेको र घरभित्र रहेको खाद्यन्न समानहरु जलेको उनले बताए । गाई फर्ममा ४ वटा उन्नत जातको गाई रहेको र गाईलाइ भने जोगाउन सफल भएको संचालक उप्रेतीले जानकारी दिए । उक्त आगलागी चन्द्रपुर नगरपालिकाको दमकल,प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानियबासीको सहयोगमा निभाइएको थियो ।

चैत्र,बैशाख र जेठ महिना आगलागीको हिसाबले अत्यन्तै जोखिम महिना मानिदै आएको छ । केही दिन अघी पनि जिल्लाको बिभिन्न स्थानमा आगलागी हुदा लाखौको क्षति भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभुती गरेनन् : प्रभु साह