कोरोना अस्पतालको तायरी’bout प्रदेश ५ का सामाजिक विकासमन्त्रीको चासो

नेपालगञ्ज । प्रदेश पाँचका समाजिक विकास मन्त्री सुदर्शन बरालले कोबिड–१९ कोरोना भाइरसको संक्रमणको न्यूनीकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयास’bout स्थलगत अवलोकन गर्दै जानकारी लिएका छन ।

उनले सो अवसरमा प्रदेश सरकार अहिलेको अवस्थामा कोरोना भाईरसको संक्रमण फैलन नदिनको लागि गम्भीर ढंगले तयारी गर्दै अघिबढेको बताउदै संक्रमण रोक्नको लागि हर सम्भव उपाए अपनाइएको जानकारी दिए ।

शनिबार मन्त्री बरालको टोलीले बाँकेको भेरी अस्पतालमा कोरोना जाँच प्रयोगशाला, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा सन्चालनमा ल्याइएको कोरना विशेष आइसोलेशन अस्पताल र दश गजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाईनको स्थलगत निरीक्षण गर्दै सकेसम्म संक्रमण भित्रिनै नदिने गरी प्रदेश सरकारले तयारी गरेको र संक्रमित फेला पर्दा प्रदेस सरकारबाट हुनु पर्ने तयारी’boutमा जानकारी गराएका थिए ।

उनले आइसोलेशनलाई थप व्यवस्थित गर्नको लागि आवश्यक पहलका ’boutमा समेत खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपति तथा नेपालगन्ज उपमहानगर उपप्रमुख उमा थापामगरसँग राय सुझाव लिएका थिए ।

उनले आइसोलेशन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबल उच्च पार्नको लागि प्रदेश सरकारले पहल गरेको बताउदै उच्च मनोबलका साथ काम गर्नको लागि आग्रह गर्दै आगामी एक साताभित्रै भेरी अस्पतालमा कोरोना जाँच गर्ने प्रबन्ध सहितको गृहकार्य अघि बढेको जानकारी दिए ।

प्रदेश सांसद कृष्णा केसी नमूनाले भारतबाट भित्रिने नेपालीहरुको उचित व्यवस्थापन चुनौति बनेको बताउदै उनिहरूको ब्यबस्थापनमा ध्यान दिन आग्रह गरिन । सो अवसरमा मन्त्री बरालको टोलीले दशगजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाईनमा बसेका विभिन्न जिल्लाका नागरिकको अवस्थाको ’boutमा चासो लिएका थिए ।

सो अनुगमनका क्रममा बाँकेका प्रजिअ कुमारबहादुर खड्का, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओली, भेरी अस्पतालका मेसु डा.प्रकाश बहादुर थापा नर्सिङ्ग प्रशाशक दुर्गालक्ष्मी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

यसैगरी शुक्रबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बाँकेको दशगजामा पुगेर अस्थायी क्वारेन्टाईनमा बसेका नागरिको अवस्था बुझेका थिए । उनले विश्वमा फैलिएको कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणको महामारी रोक्नको लागि अन्तर प्रदेशबीच समन्वयबाट धेरै कुरामा सहज हुने बताउदै सहकार्य आवश्यक रहेको औल्याए ।

उनले अहिलेको अवस्थामा सामुहिक ढंगले सचेतना अपनाउदै अलपत्र परेका नागरिकको उद्दार गरी क्वारेन्टाईनमा पठाउनुको साथै उपचार र राहतको व्यवस्थापन गर्न आवश्यक रहेको बताउदै बाँके कर्णाली प्रदेशको ‘गेटवे’ भएको कारणले पनि बाँके हुँदै कर्णाली प्रदेशका जनताहरु रोजगारीको लागि भारत जाने गरेको बताउदै कर्णाली प्रदेस र पाँच नंम्बर प्रदेश सरकारको संयुक्त पहलबाट मात्रै अहिलेको संकटबाट पार पाउन सकिने कुरामा जोड दिए ।

सो क्वारेन्टाइनमा रहेका विभिन्न २५ जिल्लाका १८१ जना मध्ये ५४ जना कर्णाली प्रदेशका रहेका छन् । उनले क्वारेन्टाईनमा रहेका सबै नागरिकको अवस्था’bout जानकारी लिनुको साथै आगामी दिनमा दुई प्रदेशबीचको सहकार्यको ’boutमा प्रशाशन तथा सुरक्षा अधिकारीसंग छलफल समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?