कविता सुनाउँदै मनाईय लेखनाथ जयन्ती

काठमाडौं । नेपाली साहित्यमा अतुनीय योगदान दिएका कवि शिरोमणि लेखनाथ पौड्याललाई उनको सृजना बाचन गर्दै श्रष्टाहरुले सम्झिएका छन् । १५ पुष १९४१ सालमा कास्कीको अर्घौअर्चलेमा जन्मिएको उनको तस्बिरमा माल्यार्पण गर्दै आईतबार जन्म जयन्ती मनाईएको हो ।

काठमाडौंका सिनामँगल स्थित सञ्चारग्राममा रहेको त्रिमुर्ति निकेतनमा रहेको कवि लेखनाथ पौड्यालको तस्बिरमा माल्यार्पण गर्दै आईतबार उनको १४० औं जन्म जयन्ती मनाईयो । निमुर्ती निकेतनद्धारा आयोजित सो कार्यक्रममा श्रष्टहरुले उनको योगदान’bout चर्चा गर्दै उनी प्रति श्रद्धा सुमन अर्पण गरे । कार्यक्रममा उनको सम्झनामा कार्यक्रममा यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेत लगायतलेकविता वाचन गरेका थिए ।

कार्यक्रममा त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईं लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायतले नेपाली साहित्यमा लेखनाथको योगदान’bout चर्चा गरे ।

लेखनाथको कविताहरुबाट प्रभावित भएर २००८ साल २९ असारमा राजा त्रिभुवनद्वारा उनलाई कविशिरोमणिको पदबी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदानको घोषणा गरेका थिए । त्यसपछिबाट उनी कविशिरोमणिका रुपमा परिचित भए । २०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो ।

२०२२ साल ७ फागुन शिवरात्रीमा कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो । साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो । पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना पक्राउ