अनुहार चिट्टिक्क पार्ने आरजु

कपिलवस्तु । काम सानो ठुलो हुँदैन, हातमा सीप र काम गर्ने जाँगर भएका मानिस कहिलै भोकै बस्नु पर्दैन । आफ्नो सीपको प्रयोग गर्दै अघि बढिरहेकामध्ये आर्जु कुमाल पनि एक हुन् । बुद्धभूमि नगरपालिका–४ बुड्डीकि आरजुलाई सानैदेखि मुहारको शृंगारमा रुचि थियो । सामान्य परिवारकी आरजु शृंगारमा रुची भए पनि मेकअप सिक्ने वातावरण थिएन ।

एस ई ई को खालि समयलाई सदुपयोग गर्न सिलाई कटाई सिकेकी उनले विस्तारै शृंगारमा रुचि बढ्दै गए पछि त्यसको तालिम लिएको सुनाइन। एक गैर सरकारी संस्थाको सहयोगमा उनले सिटिईभिटि बाट ३ महिने बेसिक तालिम लिइन। शृंगारमा रुचि बढ्दै गए पछि उनि त्यसको एडभान्स र स्पेसल कोर्ष (जेल नेल एक्टेन्सन, रुसियन हेयर स्टाइल, ब्राइडल मेकअप) को तालिम लिएको बताइन। घरमै बसेर युट्युबमार्फत शृंगारका सामान प्रयोग गर्ने तरिकासम्बन्धी ज्ञानसमेत लिने उनले बताइन् । ‘सुरुमा आफैंमा सीमित थिए,’ उनले भनिन्, ‘पछि अरूलाई पनि सिंगार्छु भनेर यसमै लागें ।’ तालिम र गैर सरकारी संस्था किडार्क नेपालको सहयोगमा आफ्नै सामान लगेर मागअनुसार शृंगारको काम गर्न थालेको उनले बताइन् । ‘बिहेको सिजनमा दैनिक ५ जनासम्म बेहुलीको मेकअप गरेकी छु,’ उनले भनिन्।

खालि रहेको समयमा नयाँ कुराका लागि युट्युबमा हेर्ने गरेको सुनाइन।आहिले आफैले मेकअप गर्दै गरेको भिडियो समेत सामाजिक संजालमा राख्ने गरेको बताइन। ‘बुद्धभूमि नगरपालिकाको बुड्डीमा सानो सटरमा कुर्सी, टेबल राखेर सुरु गरें,’ उनले भनिन्, ‘ पार्लरमा कपालं स्टेट र थ्रेडिन गर्न आएकी बैनीले उनीसंग बेहुली शृंगारका लागि संगै जादा, उनको सिप देखेर सिक्ने रहर गरेको आर्जुले बताइन। ‘३ महिनाको बेसिक कोर्ष लेभल १ का लागि १५ हजार तिरेर विद्यार्थी आए ।’ त्यसपछि सिकाउने आत्मविश्वास बढेको उनले बताइन् । सामान्य पसल गरेर बस्ने सोचेकी उनले अहिले आफुले ३ जनालाई सिकाइ रहेको बताइन।

शृंगार गर्ने भनेकै अनुहार राम्रो देखाउने विषय भएकाले कस्ता सामान प्रयोग योग्य हुन्छन्, कुन छालामा के सुहाउँछ, कसैको छाला र स्वास्थ्यमा असर नगर्ने उत्पादन ल्याउने विषयमा समस्या पर्न थालेको उनले बताइन् । हरेक कम्पनीका सामान आफूले ४/५ दिनसम्म प्रयोग गरेपछि मात्र ग्राहकका लागि प्रयोग गर्ने गरेको उनको भनाइ छ । ‘म जहाँ पायो त्यहींको सामान प्रयोग गर्दिनँ,’ उनले भनिन्, ‘प्रयोग गर्नलाई पनि केही दिनको समय मागेर दिनदिनै आफूमा लगाएर हेर्छु।

आफुमा आत्मा विश्वास भए सबै गर्न सकिने उनले बताइन। गाउँमै मासिक ३०/४० हजार आम्दानि हुने गरेको बताइन। उनले बहिनिलाई समेत सिप सिकाउदै गरेको सुनाउदै,भविष्यमा स्टुडियो सञ्चालन गर्ने धोको रहेको सुनाइन ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो