Friday, June 5, 2020
Home बिचार कोरोनाले सिकाएको पाठ

कोरोनाले सिकाएको पाठ

मान्छे मरणशील प्राणी हो । यसो त यो संसारमा रहेका हरेक जीव मरणशील छन् । ढिलो वा छिटो कुनै न कुनै बाहनामा तिनीहरूलाई जानु नै छ । एउटा मान्छेको मृत्युमा मलामी गएको अर्को मान्छे आर्यघाटबाट फर्कदाको अवस्था र ५८ वर्षपछि कर्मचारीको मनोभावमा आउने सोच स्थिर हुने हो भने यहाँ कोहीबाट कोही त्रसित हुनुपर्ने थिएन । यो त कल्पना मात्र रह्यो । तर, पनि मानिस मात्र यस्तो प्राणी हो, जसले मृत्युुको शाश्वत सत्यलाई बिर्सिदिन्छ । यसकारण ऊ वर्तमान जीवनलाई नै सर्वश्व ठान्छ । विज्ञहरू भन्ने गर्छन्– ‘पढ्ने बेला अजम्मरी छु भनेर पढ्नु, व्यवहार गर्ने बेला भर्खर मर्छु भनेर व्यवहार गर्नु, यसो हुँदा ज्ञान पनि सिकिन्छ, व्यवहार पनि फोहर हुँदैन ।’ यसो त आज संसारका २०६ देशमा कोरोना भाइरसको महामारी फैलिएको छ । करिब पौने लाखकै हाराहारीमा मानिस यसैका कारण मरिरहेका छन् । मर्नेक्रम जारी छ । मै हुँ भन्नेलाई तेजोबध गराएको छ । यहाँ त संसारकै शक्तिशाली हुँदा पनि अमेरिकालाई पुुगेको छैन । राजाको भूमिकामा बस्दा पनि सन्तुष्टि नभएर तत्कालीन राजा ज्ञानेन्द्रलाई मन्त्रिमण्डलको अध्यक्ष हुने रहर जाग्दा राजतन्त्र नै गयो । उनले त्यसो नगर्दासम्म माओवादीबाहेक अरू दलका नेताले दाम चढाएकै थिए । शिर निहुराएकै थिए । बहुमतमा भएको सरकार दुुईतिहाइको रहरमा गिरिजाका कारण प्रतिपक्षीमा बस्नुप¥यो । जितुवा पार्टी भनेर हिँडेकै कारण २०६५ मा माओवादीको सरकार ढल्यो । यसकारण राष्ट्रकवि माधव घिमिरे लेख्छन्– ‘आउँन्न भोलि भनी मात्न हुँन्न, प्रमत्त भै कोही पनि हाँस्न हुँन्न ।’

चेत खुलेन : यतिबेला केपी ओलीसँग भारी बहुमत छ । दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेरै भए पनि उनी दृढ इच्छाशक्तिका कारण सक्रिय छन् । तर, उनका वरिपरिका मान्छे हेर्दा लाग्छ कोरोनाले संसारका पौनेलाख जति मान्छे मारिसक्दा पनि हामी अजम्मरी छांै भन्ने भाव पलाएको पाइन्छ । जसरी २०७२ सालको भूकम्पपछि मन्त्रीका घरमा त्रिपाल, पाल र जस्ताका खात भेटिएका थिए, त्यही हालत अहिले दोहोरिएको छ । एकातिर चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीसमेत नपाई डाक्टरहरू बिरामी हेर्न नसक्ने अवस्थामा छन्, अर्कातिर देशका केही उच्च शक्तिशाली पदासीन तिनै सामान खरिदको अनियमिततामा चुर्लुम्मै डुुबेका समाचार आउनु निःसन्देह राम्रो होइन । यसले जनतामा सरकारप्रति अविश्वास पैदा गराएको छ । यी घटनाले भ्रष्टाचारमुक्त देश बनाउँछु भन्ने प्रधानमन्त्री ओलीलाई असफल बनाउन सघाउँछन् ।

कोरोना संक्रमणका कारण करिब पौने लाखको हाराहारीमा मानिसको ज्यान गइसकेको छ

यो ओलीविरुद्ध अर्को तिकडम समेत हो । हिजोका तुलोमा जोख्दा अरूभन्दा भारी देखिने दाबी गरेका प्रधानमन्त्रीका प्रियपात्र गोकुल र आजका ईश्वर पोखे्रल, भानुभक्त ढकाल मात्र होइन, प्रदीप ज्ञवालीसमेतका बोली र व्यवहार जनता र सरकारबीच दरार बढाउने खालका देखिएका छन् । गत चैत २० गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले स्वास्थ्यसामग्री खरिदसम्बन्धी अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिसकेका छन् । मन्त्री ढकालसँग यसबारेमा सोधपुछ भइसकेको समाचार आएको छ । पछि सत्यतथ्य छानबिन होला नै । सरकारले ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँगको सामान ल्याउने सम्झौता खारेज गरिसकेको छ । आरोप पुष्टि नभई कसैलाई दोषी करार गर्न मिल्दैन । तर, यस्तो विषम परिस्थितिमा यी हल्लाहरू आउनु र अख्तियारसम्म पुुग्नुलाई सामान्य मान्न सकिँदैन । यो महापाप, हदैसम्मको अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा मात्र होइन, सरकारको नियत हेर्ने उपयुक्त अवसर पनि हो । तसर्थ, प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रलाई बेलैमा सचेत गराउन अब अबेर गर्न हँुदैन ।

व्यवहार नै रुखो : कहिलेकाहिँ काम गर्ने तरिका र ढंग मिलेन भने जति नै काम गरे पनि जस पाइँदैन । अहिले सरकारको हालत त्यस्तै देखिन्छ । सुरुमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नियमित प्रेस भेटघाटमा व्यक्त व्यवहार धेरैलाई गैरजिम्मेवार लाग्यो । कोरोनाजस्तो तीव्र संक्रामक र सरुवा रोगसँग बिनाऔजार लडिरहँदा पनि न सरकारले जस पायो, न मन्त्री नै अब्बल ठहरिए । व्यक्तिगत सुरक्षाका सामान (पीपीई) के हो मलाई थाहा छैन भन्नेदेखि घरमा पाहुना आएकाले बोल्दिनँ भन्नेसम्मका अभिव्यक्तिबाट आलोचित स्वास्थ्यमन्त्री ढकाल यतिबेला सामान खरिद प्रकरणमा समेत मुछिएका छन् । अहिले खासगरी उपप्रधानमन्त्री ईश्वर पोख्रेलसहित स्वास्थ्य विभागका निर्देशक र स्वास्थ्य मन्त्री ढकाल सामान खरिद प्रकरणले विवादमा तानिएका छन् । उपप्रधानमन्त्री पोख्रेल त ‘यो विभागका महानिर्देशकको काम र अधिकार क्षेत्रभित्रको विषय हो, राजनीतिलाई मुछ्न हुँदैन’ भनेर उम्किन खोजेका छन् । युरोप अमेरिकामा झैं हामीकहाँ कोरोना पस्ने हो भने ठूलासाना सबै त्राहीमाम हुनुपर्ने अवस्था छ । यस्तो बेलामा कमाउमा लाग्नु भनेको आफ्नै आमाको रगत पिउनुसरह हो भन्ने कुरा बुुझेर काम गर्नसक्नुपर्छ । विवाद र नाफाका लागि मरिहत्ते गर्ने समय यो होइन ।

लोकल ट्रान्समिसन खतराको सूचक : सरकारले गत चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउन आगामी २५ गते राति १२ बजेसम्मलाई बढाएको छ । यसबीचमा गत चैत २२ गते धनगढीबाट कोरोना लोकल ट्रान्समिसन स्टेजमा प्रवेश गरेको छ । भाइरस संक्रमित व्यक्तिबाट स्थानीय व्यक्तिमा सरेको छ । यसपछि कम्युनिटी ट्रान्समिसनको स्टेज आउन सक्छ । यो भनेको महामामारीको पूर्वअवस्था हो । यसर्थ, अहिले हामी निकै जोखिमको अवस्थामा छांै । जोसँग जे उपाय छ उसले त्यही उपाय अवलम्बन गर्ने हो । महामारी फैलिएको खण्डमा चिनले झैं २ महिनामा छुमन्तरी गर्ने विधि र साधन हामीसँग छैन । चीनको वुहानमा पुस १५ मा कोरोना संक्रमण देखिएको थियो । माघको ९ गते उसले वुहान लकडाउन ग¥यो । लगत्तै उत्तर कोरियाले सिमानाका बन्द ग-यो । यो बुद्धिमत्ताका कारण चीनको छिमेकी भएर पनि उत्तर कोरिया अहिले कोरोनाशून्य राष्ट्रका रूपमा चिनिएको छ । त्यहाँका केन्द्रीय आपत्कालीन प्रमुख पाक म्योङ सुले आफूकहाँ कोरोना प्रभाव नरहेको कुरा डटेर गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आगामी ३० अप्रिलसम्म आफ्नो देशमा लकडाउन गरिसकेका छन् ।

कानुनअनुसार स्थापित निजी स्वास्थ्य संस्थाले राज्यलाई संकट पर्दा नसघाउने हो भने ती संस्थाको औचित्यमाथि प्रश्न उठाउने बेला भएको छ

त्यस घटनाले विश्वको ध्यनाकर्षण त भयो, हामी भने निदायौं । नत्र हामीले पनि अन्तर्राष्ट्रिय उडान रोक्न सकेको भए यसरी त्रसित हुनुपर्ने थिएन । किनभने कोरोना हामीकहाँ जेट चढेरै आएको देखिन्छ । अमेरिकासमेत अहिले डराइरहेको छ । इटालीलाई लकडाउन कडा नगरेकोमा पछुतो छ । भारतले पूर्णरूपमा लकडाउन गरेको छ । फिलिपिन्समा २ जना भन्दा बढी हिँडडुल गर्न निषेध छ । नेपाल सरकारले १ जनामा मात्र कोरोना संक्रमण देखिएकै अवस्थामा लकडाउन आह्वान गरेर राम्रै काम ग¥यो । अहिले ९ जनामा देखिइसक्यो । यसले अब गुणात्मक फड्को नमार्ला भन्न सकिँदैन । पहिलो चरणमा लकडाउन पूर्णरूपमा पालना नभए पनि दोस्रो चरणलाई आमजनताले गम्भीरताका साथ लिएका छन् । सरकारले पनि सडकमा प्रहरी उतारेरै भए पनि लकडाउनलाई कडा बनाउन खोजेको छ । १२ सयभन्दा बढीको परीक्षण हुँदा ९ जनामा कोरोना देखियो । अबको चासो यसले अरूमा नसारोस् भन्ने हो र यसका लागि लकडाउनमा कडाइका साथै व्यक्तिगत सुरक्षा (साबुन पानीले हात धुने, छुवाछुत नगर्ने, हात नाक, मुखतिर नलैजाने) अपनाउन जरुरी छ ।

सरकारले लकडाउनको भरपुर उपयोग गर्न सकेको देखिँदैन । यसबीचमा अब शंकास्पद व्यक्तिलाई स्थानीय सरकारमार्फत खोजीखोजी परीक्षण गर्नुुपर्छ । कोरोनाकै उपचारमा निजी अस्पतालले बिरामी हेर्न नमानेको समाचार आइरहेका छन् । यही मौका हो, सरकारले ती अस्पताललाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । राज्यको नीति तथा कानुनअनुसार स्थापित संस्था राज्यलाई संकट पर्दा नसघाउने हो भने ती संस्थाको औचित्यमाथि अब प्रश्न उठाउने बेला भएको छ ।

(Visited 113 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

जनकपुरमा पसलहरु दिउँसो १२ बजेसम्म खोल्ने निर्णय

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामको सम्पूर्ण पसलहरु दिउँसो...

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौँ । छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको...

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

भर्खरै

जनकपुरमा पसलहरु दिउँसो १२ बजेसम्म खोल्ने निर्णय

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामको सम्पूर्ण पसलहरु दिउँसो...

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने...

डडेल्धुरामा एकैदिन ५ जना कोरोना पोजेटिभ

डडेल्धुरा । जिल्लाको एउटै गाउँपालिकामा ५ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुरा जिल्लाका मात्रै ५...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौँ । छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)