एक वडाबाट अर्काे वडामा जान नपाइने

गुल्मी । जिल्लाकाे धुर्काेट गाँउपालिकाले एक वडाबाट अर्काे वडामा जान नपाइने नियम बनाएकाे छ । साेमबार बसेकाे विपद् व्यवस्थापन समितिकाे बैठकले काेराेना संक्रमणबाट वच्न गाँउपालिका भित्रका एक वडाबाट अर्काे वडामा जान नपाइने निर्णय गरेकाे हाे ।

दैनिक कृषि कर्म, खाध्यान्न लगायतका अत्यावश्य काममा भने जान पाइने गाँउपालिकाले जनाएकाे छ । तर त्यसरी जानुपरे अनिवार्य रूपमा गाँउपालिका वा वडाकाे अनुमति भने अावश्यक पर्नेछ । विश्वभर फैलिएकाे काेराेना भाइरसबाट बच्ने भरपर्दो उपाय अनुशासित भई लकडाउनकाे पालना गर्नु भएकाेले यस्ताे निर्णय गरिएकाे गाँउपालिका अध्यक्ष भुपाल पाेखरेलले जानकारी दिए ।

प्रत्येक वडामा अधिकारसहित खटाइएका स्वयम्सेवकमार्फत नागरिककाे निगरानी गरिनेछ । सरकारले नै थप एक हप्ता लकडाउन गरिसकेकाे अवस्थामा त्यसकाे कार्यान्वयन गराउने केही दायित्व स्थानीय तहमा थियाे । सरकारले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाइने निर्णय गरेकाे छ । तर धुर्काेटले वडाबाट बाहिर जान नपाइने गरि नियम बनाएकाे छ ।

साथै बैठकले काेराेना संक्रमित मुलुकबाट अाउने नागरिकहरू अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नुपर्ने समेत निर्णय गरेकाे छ । यदि उक्त निर्णयकाे कहि कतैबाट उल्लघंन भएमा कडा कारवाहि गरिने गाँउपालिकाले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह